३ पुस २०८२, बिहिबार | December 19, 2025

सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पताल बुटवलका मेसुमाथि कुटपिट



बुटवल । बुटवल आम्दा अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. राजेन्द्र बस्यालमाथि कुटपिट भएको छ ।

कुटपिटबाट घाइते बस्याललाई बुटवलकै लुम्बिनी प्रादेशिक अस्पतालको आईसियू कक्षमा उपचार भैरहेको अस्पताल स्रोतले जनाएको छ ।

आम्दा अस्पतालमा बिरामीको मृत्युको विषयलाई लिएर छलफल भैरहेको समयमा मँगलबार बस्यालमाथि कुटपिट भएको थियो । गुल्मी सत्यवती गाउँपालिका ठूलो लुम्पेककी ३२ वर्षीया भवानी रास्कोटीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले जानकारी दिए । प्रसुती गराउने क्रममा शिशु सकुशल जन्मे पनि आमाको मृत्यु भएपछि आफन्तहरुले विरोध जनाएका थिए ।

अस्पतालका मेसु बस्यालमाथि कुटपिटमा संलग्न ८ जनालाई नियन्त्रमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । आइसियूमा उपचाररत डा. बस्यालको स्वास्थ्य अवस्था अहिले खतरामुक्त र स्थिर रहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. सुदर्शन थापाले जानकारी दिए ।

मृत्यु भएसँगै विवाद बढेपछि मृतकका आफन्तहरुले अस्पतालका चिकित्सक मेसु डा. बस्यालमाथि हातपात गरेका हुन् ।

बिरामीको मृत्यु भएपछि अस्पतालका मेसु बस्यालसहित मेट्रोन सुशिला विश्वकर्मा र प्रशासकीय अधिकृत खगेन्द्र क्षेत्री आफनतहरुसँग मँगलबार छलफलकै क्रममा रातको करिब पौने २ बजे करिब १२/१३ जनाको समुहले एक्कासी गरेका थिए ।

अस्पतालका प्रशासकीय अधिकृत खत्रीका अनुसार मंसिर ११ गते अप्रेशन गरि भवानीले स्वस्थ बच्चा जन्माएकी थिईन भने आमाको स्वास्थ्य अवस्था पनि सामान्यनै थियो । अर्को दिन उनलाई पोष्ट अप्रेटिव वार्डमा राखिएको थियो । आमा र बच्चा दुबैको अवस्था ठिक भए पनि मंसिर १२ गते मँगलबार आमाको स्वास्थ्यमा एक्कासी समस्या देखिएको थियो । भोलि पल्ट १२ गते दिनको १ बजेर ५० मिनेटमा मृत घोषणा मृत घोषणा गरिएको थियो ।

मृतकका श्रीमान निशान थापाका अनुसार अस्पताल प्रशासनले आफूहरुको मागलाई बेवास्ता गरेका कारण यस्तो घटना सिर्जना भएको बताए ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  १० : ३९ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको