१५ बैशाख २०८१, शनिबार | April 27, 2024

आम्दा अस्पतालको कार्यकारी निर्देशकमा डा. विनोद पराजुली नियुक्त



बुटवल । बुटवल स्थित सिद्धार्थ बाल तथा महिला अस्पतालको कार्यकारी निर्देशकमा वरिष्ठ बालरोग विशेषज्ञ डा. बिनोद पराजुली नियुक्त भएका छन् । २ वटा कार्यकाल निर्देशकमा कार्यरत डा. राजेन्द्र बस्यालको अवधि सकिएसँगै पराजुलीलाई कार्यकारी निर्देशक पदमा नियुक्ती गरिएको आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलालले जानकारी दिएकी छन् ।

पराजुलीलाई २ वर्षे कार्यकालका लागि निर्देशकमा नियुक्त गरिएको हो । डा. पराजुली पनि यसअघि एक कार्यकाल आम्दा अस्पतालको निर्देशक भएर काम गरिसकेका छन् ।

१९९८ बाट सुरु भएको आम्दा अस्पताल सार्वजनिक निजी साझेदारीको संयुक्त पहलमा बुटवल उपमहानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ बुटवल र जापानी सहयोग संस्था आम्दा नेपालले सञ्चालन गर्दै आएको छ । अस्पतालले बालबालिका र महिलाका लागि विशेष सेवाहरू प्रदान गर्दछ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ६ : ४४ बजे

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा