२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

आम्दाको प्रशासनिक भवनको नामाकरणमा राजनीतिकरण भएको भन्दै एमाले बुटवलको आपत्ति



बुटवल । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) को प्रशासनिक भवनलाई नेपाली कांग्रेसका स्वर्गीय नेता सूर्यप्रसाद प्रधानको नाममा नामाकरण गर्ने निर्णयप्रति नेकपा एमाले बुटवल उपमहानगर कमिटीले आपत्ति जनाएको छ । साउन १६ गते बसेको अस्पताल व्यवस्थापन समितिको वैठकमा बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेयको प्रस्तावमा अस्पतालको प्रशासनिक भवनको नाम कांग्रेस नेता सुर्यप्रसाद प्रधानको नाममा नामाकरण गर्ने निर्णय भएको भन्दै एमाले बुटवलले आपत्ति प्रकट गरेको हो ।

एमाले नगर अध्यक्ष किसन ज्ञवालीले विज्ञप्ति जारी गर्दै प्रशासनिक भवनको नाम सूर्यप्रसाद प्रधानसंग जोडेर राख्ने निर्णय गर्नु अत्यन्तै त्रुटिपूर्ण निर्णय भएको जनाएका छन् । ‘२० वर्ष पहिले निर्माण भईसकेको प्रशासनिक भवनलाई हाल आएर अमूक राजनितिक व्यक्तिको नाममा नामाकरण गर्ने अत्यन्तै त्रुटि पूर्ण निर्णय भएको छ,अतः पुरानो प्रशासनिक भवनलाई व्यक्तिसंग जोडेर नामाकरण गर्ने निर्णयप्रति हाम्रो पार्टीको गम्भिर असहमति रहेको व्यहोरा जानकारी गराँउदै उक्त अपरिपक्क निर्णय तत्काल फिर्ता लिई आम्दा अस्पतालको गुरुयोजना अनुसार सेवा विस्तार तथा प्रभावकारी सञ्चालनको काम अगाडि बढाउन हाम्रो पार्टी जोडदार माग गर्दछ’–विज्ञप्तिमा भनिएको छ ।

२०५५ सालमा बुटवल ७ दिपनगरमा स्थापना भई सञ्चालनमा आएको अस्पताल जापानको आम्दा इन्टरनेशनल र नेपाल सरकारको सहयोगमा निर्माण भएको हो । स्थानीय व्यवस्थापन समितिका उपाध्यक्ष एवं बुटवल उद्योग बाणिज्य संघ अध्यक्ष हरिप्रसाद अर्यालले सूर्यप्रसाद प्रधानले अस्पताल स्थापनामा खेलेको भूमिकाको सम्मानका लागि प्रशासनिक भवन उहांको नाममा नामाकरण गर्ने प्रस्ताव गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  १२ : ५० बजे

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित

प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस, दाहाल र आङदेम्बेको असहमति

काठमाडौँ । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा

संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक