१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

‘ऐरी’बाट प्रदीप खड्का बलिउडमा डेब्यु गर्दै



काठमाडौं । अभिनेता प्रदीप खड्का बलिउड सिनेक्षेत्रमा प्रवेश गर्ने भएका छन् । उनी ’ऐरी’मार्फते बलिउडमा डेब्यु गर्न लागेका हुन् ।

मंगलबार निर्माण टिमले ऐरीको घोषणा गर्दै सार्वजनिक गरिएको पोस्टर र टिजरमा अभिनेता प्रदीप खड्कालाई मात्र प्रस्तुत गरिएको छ । प्रदीपले अभिनय गर्ने पात्रको लुक पनि सार्वजनिक गरिएको छ । जसमा प्रदिपलाई टाउकोमा खुकुरीसहित फेटा गुथिएको देख्न सकिन्छ ।

जीवन थापाले निर्देशन गर्ने फिल्ममा भारतीय सिनेमाका वितरक सुवास काले, प्रशान्तकुमार कुँवर गुप्तासहितको लगानी रहनेछ । सुवास काले र प्रशान्तकुमार गुप्ता प्रदीपको फिल्म ’प्रेमगीत ३’ को हिन्दी संस्करणका निर्माता हुन् ।

भारतमै छायांकन हुने ऐरी नेपााली, हिन्दी, तमिलसहित विभिन्न भाषामा निर्माण हुने बताइएको छ ।

फिल्मका लागि अन्य कलाकार फाइनल हुन बाँकी छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ११ : ४९ बजे

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको