२९ श्रावण २०८३, शुक्रबार | August 15, 2026

तेस्रो जैमिनी महोत्सव हुँदै



गकलोट । सहारा राहत कोष स्थापनाका लागि आगामी माघेसङ्क्रान्तिका अवसरमा तेस्रो जैमिनी महोत्सव हुने भएको छ । सहारा युवा क्बलले आगमी पुस २९ गतेदेखि माघ ५ गतेसम्म तेस्रो जैमिनी महोत्सव गर्न लागेको जानकारी दिएको हो ।

विसं २०७० देखि क्लबको अगुवाइमा मेला तथा महोत्सव हुँदै आएको छ । जैमिनी नगरपालिकाको सहयोगमा मेला आयोजना गरिएको क्लबका अध्यक्ष सुरेश सुनारले जानकारी दिए । यो तेस्रो जैमिनी मेला हो ।

मेला आयोजना गर्न जैमिनी नगरपालिकाले रु २० लाख सहयोग गरेको छ । रु ४६ लाख आम्दानी गर्ने अनुमान गरिएको मेला सञ्चालनका लागि रु ३८ खर्च लाग्नेछ । बचत हुने रु ६ लाख ५० हजारको सहारा राहतकोष बनाइने आयोजकले जनाएको छ ।

कोषबाट असहाय, अशक्त, दीर्घरोगी गरिब तथा जटिल रोगीलाई सहयोग गरिने अध्यक्ष सुनारले बताए । मेलामा स्थानीय तथा बाह्य औद्योगिक उत्पादन सेवाको बिक्री, वित्तीय संस्थाको प्रदर्शनी कक्ष, कृषि, जडीबुटी तथा पशुजन्य उत्पादनको प्रदर्शन एवं बिक्री, सूचना प्रविधिसम्बन्धी परामर्श र घरेलु तथा हस्तकलाका सामानको पदर्शनी गरिनेछ ।

कुश्मिसेरा बजारको सहारा खेल मैदानमा हुने मेलामा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, खुल्ला नौमती बाजा प्रतियोगिता र स्थानीय लोपन्मुख झाँकी प्रदर्शनी गरिनेछ ।

जैमिनी नगरपालिका-१ का वडाध्यक्ष विष्णुप्रसाद आचार्यले ऐतिहासिक मेलाको प्रबद्र्धन र प्रचारप्रसार गर्दै संस्कृकिको संरक्षणका लागि गर्न थालिएको बताए ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  २ : ०६ बजे

चौथो रुपन्देही खुला फुटसलमा पहिलो दिन १२ खेलहरु सम्पन्न

बुटवल । बुटवलमा चौथो रुपन्देही खुला फुटसल प्रतियोगिता २०८३ मा

बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द

म्याग्दी । जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा

ईक्यान रुपन्देही र नियोपोलीस युनिभर्सिटी पाफोस साइप्रसबीच अन्तरक्रिया सम्पन्न

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देहीको आयोजना तथा

संवैधानिक इजलासको छनौटपूर्ण गठन एवं तोक आदेशले मुद्दा तोक्ने निर्णय सच्याउन नेपाल बारको माग

काठमाडौं । नेपाल बार एशोसिएसनले संवैधानिक इजलासको छनोटपूर्ण गठन र

देशको अवस्था संवेदनशील छ, कांग्रेसले राष्ट्रिय एकता र लोकतन्त्र सुदृढ गर्न भूमिका खेल्नुपर्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशको वर्तमान राजनीतिक