२४ भदौ २०८३, बुधबार | September 9, 2026

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन



बागलुङ । निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको जैमिनी नगरपालिका प्रशासकीय भवन निर्माण पहिल्यै सकिन्थ्यो । चार पटक म्याद थप गर्दासमेत नगरपालिकाको भवन कहिले पूरा हुने हो कुनै टुङ्गो छैन । तीन वर्षमा सक्नुपर्ने भवन पाँच वर्ष बित्दा पनि पूरा नहुने अवस्थामा पुगेपछि जनप्रतिनिधि आफैँ असन्तुष्ट भएका छन् ।

ढिलासुस्तीका कारण नगरपालिका भाडाको घरमा बस्दै आएको छ । जैमिनी नगरपालिका-१ कुश्मीसेरामा निर्माणाधीन नगरपालिकाको प्रशासकीय भवन निर्माणमा चरम ढिलाइ भएको छ । नगरपालिकाले बाध्य भएर निर्माण व्यवसायीको म्याद थप्दै आएको छ ।

निर्माण कम्पनी रविना-प्राकृतिक-जुगल जेभीले तोकिएको समयभित्र काम सम्पन्न गर्न नसकेपछि भवन निर्माणको म्याद चौथोपटक थपिएको छ । तेस्रोपटक थपिएको म्याद सकिएपछि नगरपालिकाले थप चार महिनाको समय दिएको हो ।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माका अनुसार गत असार १५ गते तेस्रोपटक थपिएको म्याद सकिएपछि कार्यपालिकाको बैठकले २०८३ कात्तिक १५ गतेसम्म भवन निर्माण सम्पन्न गर्ने गरी चौथोपटक म्याद थप गरेको बताए ।

“हामीले ताकेता गर्दा पनि भवन सकिने अवस्थामा छैन । यही अवस्थामा चौथोपटक थप गरिएको समयमा पनि पूरा हुने अवस्था छैन । ठूलो भवनमा चार÷पाँच जनाले काम गर्दा परिणाम आउँदैन,” शर्माले भने ।

नगरपालिकाले वार्षिक रुपमा रु २० लाख रकम भाडामा खर्च गर्दै आएको छ । विसं २०७८ फागुन २० गते तत्कालीन संस्थापक नगरप्रमुख इन्द्रराज पौडेलले शिलान्यास गरेको भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । सम्झौताअनुसार २०८१ पुस १६ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

भवनको हाल भौतिक प्रगति ७२ प्रतिशत बराबर पुगेको छ । भवनको मुख्य संरचना निर्माण सम्पन्न भए पनि पर्खाल, झ्याल-ढोका, लिफ्ट, विद्युत्, खानेपानी, रङरोगन तथा पर्खाल तथा सजावटका काम बाँकी छ ।

भवन निर्माणका लागि निर्माण कम्पनीसँग रु आठ करोड १७ लाख ६५ हजारमा सम्झौता भएको थियो । स्थानीयले निःशुल्क उपलब्ध गराएको आठ रोपनी जग्गामा निर्माण भइरहेको भवन चारतले र ४२ कोठाको हुनेछ ।

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  ७ : १२ बजे

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन