४ पुस २०८२, शुक्रबार | December 19, 2025

माघ ४,५ र ६* गते नेपालगन्जमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुँदै



बुटवल । नेपालगन्जमा पहिलो पटक संचालन हुने राष्ट्रियस्तरको ब्याटमिन्टन प्रतियोगिताको मिति परिवर्तन भएको छ । बाँके जिल्ला ब्याडमिन्टन संघको आयोजनामा आगामी माघ ४,५ र ६ गते राष्ट्रियस्तरको ब्याटमिन्टन प्रतियोगिता हुने भएको हो ।

मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० को तयारीलाई तिब्र पारिएको बाँके जिल्ला ब्याडमिन्टन संघले जनाएको छ । ब्याडमिन्टन खेलको स्तर उन्नती तथा खेलाडीको विकास गर्ने उद्देश्यका साथ नेपालगन्जमा पहिलोपटक राष्ट्रियस्तरको ब्याटमिन्टन प्रतियोगिता गर्न थालिएको संघका सचिव भक्तबहादुर गोदार क्षेत्रीले बताए ।

सचिव गोदारले प्रतियोगितामा देशभरबाट बिभागिय सहित उत्कृष्ट खेलाडीहरु सहभागी हुने जानकारी दिए । उनले मेन्स डबल्स (खुल्ला), मेन्स डबल्स (बि लेभल) र भेट्रान्स (४५ प्लस) गरि ३ ईभेन्टमा प्रतियोगिता हुने जानकारी दिए ।

गोदारका अनुसार प्रतियोगितामा मेन्स डबल्स (खुल्ला) को उपाधि विजेताले नगद १ लाख रुपैया पुरस्कार सहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ भने दोस्रो टिमले नगद ७० हजार तथा तृतिय टिमले नगद ३० हजार रुपैया, मेडल, प्रमाणपत्र पाउने छन् । यसैगरि मेन्स डबल्स बि लेभलको प्रथम, द्धितिय र तृतिय टिमहरुले क्रमश ४० हजार, ३० हजार र १० हजार रुपैया तथा भेट्रान्सतर्फ प्रथम, द्धितिय र तृतिय टिमले क्रमश ५० हजार, ३० हजार र १० हजार रुपैया, कप, मेडलबाट पुरस्कृत गरिने उनले बताए ।

३ दिन संचालन हुने प्रतियोगिता नेपालगन्ज रंगशालाको कर्भड हलमा आयोजना हुने संघका अध्यक्ष संजय थापाले बताए ।

यस अघि संघले पुसको अन्तिम हप्ता प्रतियोगिताको मिति तय गरेको थियो ।

नोट : प्रतियोगिता हुने मिति फरक परेकोहुंदा सच्याइएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ५ : २६ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा