४ पुस २०८२, शुक्रबार | December 19, 2025

एनएसएल: वीरगन्जमाथि चितवनको २-१ को जित



काठमाडौ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत एफसी चितवनले पहिलो जित हासिल गरेको छ ।

शुक्रबार सम्पन्न खेलमा एफसी चितवनले बीरगन्ज युनाइटेड एफसीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । चितवनको जितमा विमल घर्ति मगर र टोरिक जेब्रिनले एक एक गोल गरेका थिए । त्यस्तै वीरगन्जका लागि एक गोल एकिन्स केइ बाफोरले गरेका थिए ।

चितवनको जारी एनएसएलमा तेस्रो खेलमा यो पहिलो जित हो । ३ खेलमा एक जित, एक हार र एक बराबरी खेलेको चितवनको ४ अंक भएको छ र अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ । त्यसैगरी वीरगन्जले भने लगातार दोस्रो हार बेहोरेको छ ।

अब एनएसएल अन्तर्गत शनिबार दुई खेल हुनेछन् । शनिबार पहिलो खेल धनगढी एफसी र ललितपुर सिटी एफसीबीच हुने भने दोस्रो खेल झापा एससी र पोखरा ठण्डर्सबीच हुने तालिका रहेको छ ।


प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ८ : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको