२० जेष्ठ २०८३, बुधबार | June 3, 2026

विशेषज्ञ चिकित्सकसहितको ‘ग्याष्ट्रो’ सेन्टर उद्घाटन



बुटवल । पेट सम्बन्धी सम्पूर्ण उपचारको लागि काठमाण्डौ जानुपर्ने विरामीहरुको लागि बुटवलमा नै विशेषज्ञ चिकित्सकहरुले ग्याष्ट्रो सेन्टर बुटवल प्रालि सुरुवात गरेका छन् । बुटवल उपमहानरपालिका वडा नम्बर-६ तिलोत्तमा पथमा प्रदेशकै पहिलो विशेषज्ञ चिकित्सकहरुको सहभागीतामा सेन्टर सुरुवात भएको छ ।

ग्याष्ट्रो सेन्टर बुटवल प्रालिको शनिवारबार त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल ग्यास्टोईन्टेरोलिष्ट विभाग प्रमुख प्रोफेसर डा. राहुल पाठकले उद्घाटन गरेका हुन ।

उद्घाटन गर्दै पाठकले काठमाण्डौमा समेत राम्रो चिकित्सकको रुपमा आफ्नो प्रभाव जनाउन सफल भएका चिकित्सक डा. मोहन भुषालले यो क्षेत्रमा पनि उपचार केन्द्र खोल्नु गौरवको विषय भएको बताएका थिए ।

लुम्बिनी प्रदेशमा पेट कलेजो तथा आन्द्रा रोग सम्बन्धी सम्पूर्ण बिरामीहरू उपचारको लागि काठमाडौं पुग्नुपर्ने बाध्यताको अन्त्य गर्ने फाइब्रोस्क्यान सेवा सहित ग्यास्ट्रो सेन्टर प्रालि बुटवल सञ्चालनमा भएपछि यो क्षेत्रका विरामीहरुले सहज रुपमा उपचार पाउनेमा विश्वास लिएको उनको भनाई रहेको थियो ।

बधाई तथा शुभकामाना दिदै प्रोफेसर डा. पाठकलले थप प्रगतिको कामना गरेका थिए । रिबन काटेर त्यहा राखीएको ताम्रपत्र अनावरण गरी प्रालिको सेवा शुभारम्भ गरिएको हो ।

प्रालिका सञ्चालक तथा वरिष्ठ पेट आन्द्रा कलेजो तथा प्यान्क्रियाज रोग विशेषज्ञ डा. मोहन भुसाल सहितको समुले यो उपचार केन्द्र सञ्चालनमा ल्याएको हो ।

डा.भुसाललको काठमाडौं टिचिङ अस्पतालमा लामो समय पेट रोग सम्बन्धी काम गरेको कार्य अनुभव छ । ३ करोड रूपैयाँको लागतमा सञ्चालित प्रालिमा डिजिटल प्रविधिबाट विरामीको चेकजाँच गरिने प्रालिका सञ्चालक तथा रामप्रसाद अर्यालले जानकारी दिए ।

‘फाइब्रोस्क्यान सेवा यस्तो सेवा हो, जसले कलेजको कडापन मापन गर्दछ । लिभर, फ्राबोसिस, सिरोसिस को निदानमा सहयोग गर्छ । हेपटाइटिस, अल्कोहल लिभर, लिभर इन्जाइम भएका बिरामीको अवस्था बारे जानकारी दिन्छ । त्यस्तै लिभर बायस्पी विना लिभर डयाम्मेज भए नभएको पत्ता लगाउछ’ डा. भुसालले भने । प्रालिमा इण्डोस्कोपी, क्यानोस्कोपी लगायतका सेवा सहित भिडियो एक्सरे सेवा पनि उपलब्ध छ । प्रालिमा प्राइभेट क्लिनिक तथा अस्पतालको तुलनामा शुल्क सस्तो राखिएको छ ।

साथै जेष्ठ नागरिक अशक्त अपाङ्गता भएका व्याक्ति, महिला स्वास्थ्यकर्मी तथा स्वमसेविकालाई निश्चित केही प्रतिशत छुटको व्यवस्था गरिएको छ । प्रालिको सञ्चालकमा डा.मोहन भुसाल, राम प्रसाद अर्याल, युवराज मगर र नेत्र भुसाल रहेका छन् ।

समुद्घाटन समारोहमा सन्धिखर्क नगरपालिका अर्घाखाँचीका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ सहित विभिन्न जनप्रतिनीधी, चिकित्सकहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ७ : ३० बजे

स्वदेशी सिमेन्ट र कंक्रिट प्रयोग बढाउन विज्ञहरूको सुझाव, बुटवल-पोखरा सडक विस्तार यसै वर्ष टेन्डरमा जाने

बुटवल । पूर्वाधार विकास तथा निर्माणका काममा स्वदेशी उत्पादनको प्रयोगलाई

मोदीसँगको भेट फलदायी रहेको रवि लामिछानेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

साफ महिला च्याम्पियनसिप : नेपाल र बंगलादेश पहिलो हाफमा १-१ को बराबरी

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपअन्तर्गत नेपाल

दिल्ली होटल आगलागी : २१ को मृत्यु

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा एक होटलमा भएको भीषण आगलागीमा

नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौं : भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष