१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

नेपाल सुपर लिग : स्पोर्टिङ इलाम र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदै



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा आज स्पोर्टिङ इलाम डे मेची एफसी र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगितामा दुवै टिमको यो तेस्रो खेल हो । स्पोर्टिङ इलाम यसअघि पहिलो खेलमा काठमाडौं रेजर्ससँग १-० ले पराजित हुँदा दोस्रो खेलमा झापा एफसीलाई १–० ले हराएको थियो । यता, बुटवल लुम्बिनी भने पहिलो खेलमा धनगढी एफसीसँग १-० ले र दोस्रो खेलमा ललितपुर सिटी एफसीविरुद्ध २-० ले पराजित भएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुका ५ः३० बजेदेखि सुरु हुनेछ । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ ।

प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

एनएसएलको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो । प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ७ : ५६ बजे

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति

पश्चिम नवलपरासीमा प्रदेश सरकारका दुई कार्यालय थपिँदै

नवलपरासी । पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारअन्तर्गतका थप दुईवटा कार्यालय

आजको मौसम : देशभर आंशिक बदली हुने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको

लुम्बिनीको संरक्षण र विकासका लागि १२ बुँदे योजना प्रस्ताव

लुम्बिनी । लुम्बिनी विकास कोष र लुम्बिनी बचाउ महाअभियानको संयुक्त

छ हजार सात सय पाँच जनाले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय