काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अभियान विस्तारै तुहिने बताएका छन् । सोमबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पादकहरूसँगको कुराकानी गर्दै गणतन्त्र विरोधी गतिविधि बल प्रयोग नगरी नियन्त्रणमा लिइएको बताए ।
उनले वर्तमान सत्ता गठबन्धन यताउता नहुने दाबी गर्दै भने, ‘हल्ला भइरहन्छन् तर गठबन्धन यताउता हुँदैन ।’ उनले गठबन्धनमा केही असन्तुष्टि भए मिलाइने स्पष्ट पारे ।
प्रधानमन्त्री प्रचण्डले सम्पादकहरुसँग विप्लवसहितका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टि व्यक्त गरे । प्रधानमन्त्रीले शान्ति प्रक्रियामा आइसकेकाहरुलाई वारेन्ट जारी गर्न नहुने बताए । थप थाहा छैन बुझ्दैछु’ उनले भने ।
गत मंसिर १० गतेको आदेशअनुसार अदालतले विप्लवसहितका शीर्ष नेतालाई सोमवार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८(१३) ३५ दिनको पक्राउ पुर्जी जारी गरेको छ ।
विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश ओली, माइला लामा, राजु कार्की विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको हो । वारेन्ट जारी भएका विप्लव आफै सत्ता साझेदारहरुको बाहुल्यता रहेको समाजवादी मोर्चामा सहभागी छन् ।
२०७४ को निर्वाचनअघि राज्यविरुद्ध भूमिगत विद्रोह गरेको नेकपाले २०७६ साल फागुनमा सरकारसँग सम्झौता भएपछि शान्तिपूर्ण राजनीतिमा आएको हो । सम्झौताबमोजिम मुद्दा फिर्ता लिन नेकपाका नेताहरू सरकारलाई लगातार दबाब दिँदै आएका थिए ।
भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो पाँच दिने दुबई भ्रमण र कोप २८ सम्मेलनबारे पनि ब्रिफिङ गरेका थिए।


















प्रतिक्रिया