१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

एकीकृत समाजवादीको महाधिवेशन ८१ सालमा पुर्‍याइयो



काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आफ्नो राष्ट्रिय महाधिवेशनलाई २०८१ सालमा पुर्‍याइएकोे छ । मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले नयाँ मिति तोक्दै महाधिवेशनलाई २०८१ मा पुर्‍याइएको हो ।

बैठकले आगामी २०८१ साल जेठ ३ देखि ७ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको सो पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यसअघि सो पार्टीले माघ १४ गतेदेखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । खतिवडाका अनुसार पार्टीले माघ १४ र १५ मा राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

एकीकृत समाजवादीको बैठकले विधानमा हेरफेर गर्न कार्यदल समेत गठन गरेको छ । माघ १४ र १५ गते हुने राष्ट्रिय सम्मेलनमा विधानबारे छलफल गरिने भएकाले त्यसका लागि गृहकार्य गर्न कार्यदल गठन गरेको प्रवक्ता खतिवडाले बताए ।

कार्यदलको संयोजकमा संगठन विभाग प्रमुख समेत रहेका उपाध्यक्ष डा. बेदुराम भुसाल रहेका छन् भने महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला सदस्य रहेका छन् ।

सचिवालय बैठकले सम्मेलनको व्यवस्थापनका लागि नेताहरु गंगालाल तुलाधर, जीवनराम श्रेष्ठ, सावित्रा भुसाल, केदार सञ्जेल र विष्णु लम्साललाई जिम्मेवारी प्रदान गरेको छ ।

त्यस्तै राष्ट्रिय महाधिवेशनमा पेस गर्ने पार्टी दस्ताबेज मस्यौदा तयार गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ सदस्यीय मस्यौदा कमिटी गठन गरिएको छ । जसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा विशेष क्षेत्रका सदस्यहरु रहने व्यवस्था मिलाइएको छ ।

त्यसअघि मंसिर २८ र २९ सचिवालय बैठक, पुस ९ स्थायी कमिटी, १० गते पोलिटब्युरो ११ र १२ केन्द्रीय कमिटी बैठक बस्ने निर्णय भएको प्रमुख खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ३ : ३७ बजे

आज ३० औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३० औँ जनयुद्ध

बाँकेको खजुरामा शंकास्पद वस्तु फेला, सेना घटनास्थलमा

खजुरा । बाँकेको खजुरामा एकाबिहानै शंकास्पद वस्तु फेला परेको छ

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौं । आज विश्व रेडियो दिवस हो । रेडियो, सञ्चार

टी-२० विश्वकपमा भारतको लगातार दोस्रो जित, नामिबिया ९३ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत आयोजक भारतले लगातार दोस्रो जित