२ पुस २०८२, बुधबार | December 17, 2025

एनसेल खरिद विक्रीबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक



काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । एनसेल खरिद विक्रीमा भएको अनियमितताबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका हुन् ।

दलका शीर्ष नेताहरुसँगै बैठकमा अर्थमन्त्री प्रकाश शरण महत, सन्चारमन्त्री रेखा शर्मा, कानुनमन्त्री धनराज गुरुङ सहित विभिन्न विभागीय कर्मचारीहरुको समेत सहभागिता रहेको छ ।

यस अघि प्रधानमन्त्रीले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिएका थिए ।

यस अघि प्रधानमन्त्रीले महोत्तरीमा भएको एक कार्यक्रममा एनसेलको विषयमा कुनै हालतमा छुट दिन नसकिने बताउँदै एनसेल प्करणमा बदमासी भएको बताएका थिए । उनले भनेका थिए, ‘यसअघि सुशासनको पक्षमा सरकार कडा रूपमा प्रस्तुत भएको थियो । एनसेलको विषयमा पनि आवश्यक छानबिन गरी बदमासी गर्ने ठगहरूलाई तह लगाइन्छ ।’

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहभागी छन् ।

हालै मलेसियाको कम्पनी आजियाटाले एनसेलको सेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनीलाई बिक्री गरेका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ६ : १६ बजे

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै