१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

माओवादी नेता प्रभाकरले गरे केपी ओलीलाई जाजरकोटमा स्वागत



जाजरकोट । बैतडी जिल्लाको झुलाघाटबाट मंसिर १४ गते शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’का क्रममा जाजरकोट पुगेका एमाले अध्यक्ष ओलीलाई नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पुर्वअर्थमन्त्री नेता जर्नादन शर्मा (प्रभाकर) ले स्वागत गरेका छन् । माओवादी उपमहासचिव शर्माले एमाले अध्यक्ष ओलीलाई जाजरकोट जिल्लाको रिम्नामा स्वागत गरेका हुन् ।

पुर्वअर्थमन्त्री समेत रहेका माओवादी नेता शर्मा रुकुमबाट रिम्ना पुगेर ओलीलाई स्वागत गरेका हुन् । स्वागतका क्रममा उनले ओली नेतृत्वको केन्द्रीय नेताहरुको टोलील आफ्नो क्षेत्रमा पुगेपछि उनीहरुलाई स्वागत गर्न आफू आएको बताए ।

देशको शिर्षस्थ नेतृत्व जिल्लामा आएको बेला आफु हार्दिकताका साथ स्वागत गर्न आएको शर्माले बताए । ‘देशको ठूलो पार्टीका केन्द्रीय हेडक्वाटर नैं यहाँ पुग्नु भएपछि म साथीहरुसहित स्वागत गर्न आएको हुँ ।’ उनले भने ।

उनी एमाले अध्यक्ष ओलीको टोलीलाई स्वागत गर्न एमाले कार्यकताहरुसँगै लामबद्ध भएर उभिएका थिए ।

भूकम्प गएदेखि नै ध्वस्त भएको संरचनाको पुनः निर्माण तथा उद्दार कार्यका लागि नेता शर्मा माओवादीको ठेलो संख्याको उद्दार कार्यकर्ताहरु सहित जाजरकोट र रुकुममा खटिएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ९ : ३३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले