१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

स्रोत नखुलेको रकमसहित पक्राउ



धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित एक जनालाई पक्राउ गरिएको छ ।

ठूलो परिमाणमा सुन तथा चाँदी गाली बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले बनेपा नगरपालिका-७ वकुटोलस्थित एक घरमा डेरा गरी बस्ने भारतको महाराष्ट्र प्रदेश साङ्ली जिल्लाका ३९ वर्षीय सचिन विभुतेलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार बिल नभएको सुन दुई सय ३५ दशमलव नौ ग्राम, एक हजार नौ सय एक दशमलव २६ ग्राम चाँदी, नेरु पाँच लाख ७६ हजार र भारु २२ हजार बरामद गरिएको हो ।

निजबाट सुन जोख्ने तराजु, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकको चेकबुक, दुई थान मोबाइल फोन सेट पनि बरामद भएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ८ : १४ बजे

आइतबारसम्म मतपत्र छपाइ सकिने

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च, विकास खर्च १५ प्रतिशतमा खुम्चियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा सरकारको

देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको

लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले सभापति गगनकुमार थापा नेतृत्वमा पार्टीले सङ्गठन

बाँकेको खजुरामा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निश्क्रिय

खजुरा । बाँकेको खजुरामा एकाबिहानै भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले