१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

पशुपतिनाथ क्षेत्रमा आजदेखि मासु, मदिरा र नसालु पदार्थ निषेध



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको छ ।

बालाचतुर्दशी (शतवीजारोपण पर्व) लाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले पशुपतिनाथको चार किल्ला तोकेर आजदेखि मंसिर २७ गतेसम्म मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको हो ।

कार्यालयका अनुसार गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर र मित्रपार्क-उमाकुण्ड-गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिण भित्रका सबै भागमा मासु, मदिार र नसालु पदार्थ निषेध गरिएको छ ।

बालाचतुर्दशी पर्वमा सुरक्षा लगायत धार्मिक, साँस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले ती पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन समेत गर्न नपाउने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ७ : ४२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले