१६ भदौ २०८३, मंगलबार | September 1, 2026

खजुराको क्यान्सर अस्पताल निजी अस्पतालको सम्पर्क कार्यालय बन्दै !



बुटवल । नागरिकको मुट्ठीदानबाट निर्माण भएको बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल डाक्टरहरुका लागि आफ्नो निजी अस्पताल चलाउने सम्पर्क अस्पताल बन्न थालेको बिरामीहरुले गुनासो गर्न थालेका छन् । अस्पतालमा आउने बिरामीहरुलाई क्यान्सर अस्पतालबाट सेवा नदिई खुलम्खुल्ला आफु संलग्न निजी अस्पततालमा बोलाउन थालिएको अस्पतालमा सेवा लिन आएका बिरामीहरुले गुनासो गर्न थालेका छन् ।

हाल अस्पताल प्रशासनको जिम्मा पाएका सर्जन डा. प्रविण गुप्ताले क्यान्सर अस्पताल आएका बिरामीलाई आफ्नो निजी अस्पताल कृपा अस्पतालमा जान दवाव दिएको बिरामीको आफन्तले खबरकुरामा फोन गरेर गुनासो गरेका छन् । सुर्खेतबाट स्तनको समस्या लिएर क्यान्सर अस्पताल खजुरा आएकी एक महिलालाई ४ दिन सम्म अस्पतालमा धाउन लगाएर ४ दिन पछि कृपा अस्पताल नेपालगन्ज जान दवाव दिएको बिरामी महिलाका आफन्तले बताएका छन् । ती महिलाले अस्पतालको ४ नम्बर कोठामा सुरुवाती जाँच गराएपनि पछि त्यहाँबाट डा. प्रविणसँग जँचाउन भनिएको बताइएको छ । कोठा नम्बर ४ मा अनकोलोजी विभाग अन्तर्गत डा. साजन थापा र मुकेश यादवले विरामी हेर्दै आएका छन् ।

४ दिन देखि अस्पतालमा पालो कुर्दै बसेकी महिलालाई आजका लागि समय दिइएको भएपनि आज बिहानै अस्पताल पुग्दा काउन्टरबाट आज पर्चा नकाट्न निर्देशन भएको भन्दै काउण्टरकै कर्मचारीले कृपा अस्पताल जान सल्लाह दिएको महिलाको आफन्तले बताए ।

चिकित्सकहरु लगातार फेरिने परिपाटीले समस्या भोग्दै आएको क्यान्सर अस्पतालमा कार्यरत चिकित्सकहरुले नै अस्पताललाई माध्यम बनाएर कमाउने धन्दा बनाएको पीडित बिरामीहरुले गुनासो गरे ।

अस्पतालका निमित्त प्रमुख डा गुप्ताले भने आफुले पर्चा बन्द गर्ने निर्देशन नदिएको बताए । उनले अस्पतालका कुनैपनि डाक्टरले निजी अस्पताल पठाउने नगरेको दाबी गर्दै अस्पताल समय बाहेकको समयमा आफुलाई भेट्न चाहने बिरामीलाई कृपा अस्पताल जान भनिएको हुन सक्ने अनुमान गरे । ४ नम्बर कोठामा आफु नबस्ने बताउँदै उनले डा मुकेश बच्चा बिरामी भएको र डा. सागर अस्पतालकै एक कार्यक्रममा भाग लिन काठमाडौं जानु परेकाले आज सेवा दिन नसकिएको बताए ।

अस्पतालमा २४ सै घण्टा ल्याव र रेडियोलोजी सेवा दिने भनिएपनि जनशक्तिको अभावमा भिडियो एक्सरे दिनको २ बजेपछि १५ जनाको मात्र तथा ल्यावमा लामै पालो कुर्नुपर्ने अवस्था आएको छ । २ बजेपछि मात्र भिडियो एक्सरे हुने भएपछि टाढाबाट उपचारका लागि आउने बिरामीले एक रात बास बस्न बाध्य हुनुपर्ने अवस्था रहेको छ । २ बजेपछि चिकित्सकहरु निजी क्लिनीक वा अस्पताल जाने गरेका छन् ।

केहीदिन अघि स्वास्थ्यमनत्री मोहन बस्नेतले अस्पतालमा ८ बजेबाट ओपीडी संचालन गर्न निर्देशन दिएपनि अस्पतालले मन्त्रीको निर्देशनलाई हावामा उडाएको छ । अस्पताल स्वीकृति दिने सरकारले अस्पतालमा दरबन्दी नदिएको कारण अस्पताल संचालन भएको ८ वर्ष देखि करार र ज्यालादारी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीका भरमा अस्पताल चल्दै आएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  १० : ०४ बजे

काठमाडौं र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण

काठमाडौं । भोटेकोशी नदीमा यही भदौ १० गते बाढी गएपछि

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौं । विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ । जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट