७ जेष्ठ २०८३, बिहिबार | May 22, 2026

मिटरब्याजीले लिएको सात कठ्ठा बढी जग्गा फिर्ता



चितवन । मिटरब्याजीले लिएको सात कठ्ठा १३ दशमलव पाँच धुर जग्गा छलफलबाट पीडितलाई फिर्ता गरिएको छ । भरतपुर महानगरपालिका-४ निवासी पीडितको जग्गा भरतपुर-२ निवासी पीडकले फिर्ता गर्ने सहमति गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा अनुचित लेदनेद ९मिटरब्याजी० विरुद्ध परेका उजुरीमध्ये उनीहरूले जग्गा फिर्ता गर्ने र कानुनबमोजिम ब्याजसहित रकम फिर्ता गर्ने सहमति भएको हो ।

कार्यालयका नायबसुब्बा विश्वास श्रेष्ठका अनुसार निवेदकले २०७२ सालमा रु एक करोड ५० लाख र चार स्थानका पाँचवटा कित्ताको जग्गा लेनदेन गरेका थिए । उनका अनुसार पहिलो तीन महिनामा पीडितले रु एक करोड २० लाख रकम फिर्ता गर्ने र पीडकले छ कठ्ठा १३ दशमलव पाँच धुर जग्गा फिर्ता गर्ने सहमति भएको छ । दोस्रो चरणमा पीडकले सहमति भएको छ महिनाभित्र बाँकी रहेको रु ३० लाख र कानुनअनुसारको ब्याज रकम भुक्तानी गरेमा बाँकी एक कठ्ठा जग्गा फिर्ता गर्ने सहमति भएको छ ।

दुवै पक्षले सहमति कार्यान्वयनमा आएको जानकारी स्थानीय प्रशासनलाई दिनुपर्ने छ । यसअघि कार्यालयले पूर्वी चितवनका एकजना पीडितको दुई कठ्ठा जग्गा छलफलमार्फत फिर्ता गराइएको थियो । कार्यालयमा विसं २०८० वैशाख १९ देखि जेठ १४ गतेसम्म ६० वटा र जेठ १७ देखि भदौ ३१ गतेसम्म २७ वटा अनुचित लेनदेनका उजुरी परेका थिए । जसमध्ये २१ वटा उजुरीको छलफलमार्फत सहमतिमा टुङ्गो लगाइएको उनले जानकारी दिए । अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि ८७ वटा उजुरी परेका छन् ।

परेका उजुरीमध्ये अधिकांश जग्गाको कारोबारका रहेका छन् । पीडितले दृष्टिबन्धक भनेर दिएको जग्गा पीडकले नामसारी गरेर लिएको भन्दै उजुरी परेको उनले बताए । अधिकांशले जग्गा फिर्ता गरिदिन निवेदन दिएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ८ : १४ बजे

गण्डकीपूर्व वर्षा, नेपालगन्ज र दिपायलको तापक्रम ४१ डिग्री

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी

एमाले सचिवालय बैठक शुक्रबार बस्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक शुक्रबार

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा राजनीतिक दलका नेताहरुसँग छलफल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका

जङ्गली च्याउ खाँदा पाल्पामा दुई जनाको मृत्यु

तानसेन । जङ्गली च्याउ खाँदा यहाँको रम्भा गाउँपालिका–५ फलकुनमा दुई

बुटवलमा बसन्त गौचन फुटबल एकेडेमीको तेस्रो शाखा सञ्चालनमा

बुटवल । कुनै समय नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडी