३० श्रावण २०८३, शनिबार | August 15, 2026

विकास गाउँमा, बसाइँ भने सहरमा



दाङ । घोराही उपमहानगरपालिका–९ की ८३ वर्षीया सुमित्रा शर्मालाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ । सामान्य हिँडडुल गर्नसक्ने उनलाई घरको आँगन पनि परदेश हुन थालेकोे छ । दिनभरि घरमा एक्लै बस्दा दिन काट्न मुस्किल हुने गरेको र दुःख, सुखका कुरा गर्ने छरछिमेकीका घर सुनसान बन्दै गएका छन् । छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेकाले सुमित्राले एक्लो महसुस गरेकी छिन् । अब गाउँमा मान्छे नै नहुने हो की भन्ने चिन्ता उनलाई छ ।

अहिले दिनप्रति दिन गाउँ छोड्नेको सख्या बढ्दो छ आफू सँगसँगै मेलापात र घाँसदाउरा गरेका दौतरी अधिकांश गाउँबाट बसाइँ सरेका छन् । पहिले गाउँमा विकास पुगेको थिएन, स्थानीयवासी दुःख गरेर पनि गाउँमै बस्थे । अहिले गाउँका टोल–टोलमा विकास पुगे पनि मान्छे भने छैनन् ।

गाउँका घर रित्तिएर सुनसान बन्दै गएका छन् । खेतीयोग्य जमिन झाडीले ढाकिन थालेका छन् । दशक अगाडिसम्म निकै रमाइलो रहेका गाउँ अहिले बसाइँसराइका कारण चहलपहल हुनै छोडेको छ । पहिले गाउँमा बिजुली, पानी बाटोघाटोको सुविधा थिएन । अहिले घरघरमा पानीका धारा छन् आँगनीको बाटो कालोपत्रे गरेर चिल्लो भएका छन् । गाउँमा अहिले विकासले गति लिँदै गएको छ तर उपभोग गर्ने स्थानीय बासिन्दा भने थप सेवा सुविधा खोज्दै गाउँ छोडेर सहर पसेका छन् ।

गाउँमा एकै परिवारले प्रसस्त गाईबस्तु पाले खेती किसानी गर्ने गर्थे । आवश्यक सामान लिनका लागि दिनभरि लगाएर बजार धाउनुपर्ने अवस्था थियो तर अहिले त्यो अवस्था हटेको छ । तीन पाङ्ग्रे अटोरिक्सा गाउँका घरघरमा पुग्ने गरेपनि स्थानीयवासी महत्वकांक्षी बन्दै गएपछि गाउँ रित्तिन थालेको सुमित्रा बताउँछिन् । उनी भन्छिन्, “हाम्रा पालामा अहिलेको जस्तो खानेपानी, विद्युत् र यातायातको सहज पहुँच नभए पनि गाउँमा मान्छेको बसाइ बाक्लो थियो । अहिले सुविधा भएर पनि बसाइसराइ गर्नेक्रम बढेको छ ।”

स्थानीय ६८ वर्षीय पूर्णबहादुर बस्नेत सुविधा खोज्नका लागि युवा सहर पसेपछि परिवार पनि उतै लैजाने गरेको बताउँछन् । विदेशमा रोजगारमा रहेका अधिकांश युवाको परिवार सहर बजारमा सुविधा खोज्दै बसाइ सर्ने गरेका हुन्। पछिल्लो दस वर्षमा यहाँका अधिकांश गाउँबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको उनी बताउँछन् ।

बस्नेत भन्छन्, “पहिले युवा गाउँमा खेतीपाती र गाउँमै कामधन्दा गर्ने गर्थे, पछिल्लो समय विदेश जान थाले, पैसा कमाउन थाले त्यसलेगर्दा उनीहरुलाई गाउँभन्दा सहर बजार मन पर्न थाल्यो, कमाएको पैसाले बजारमै घर बनाएर बस्न थाले त्यही भएर अहिले गाउँमा मान्छे कम हुँदै गएका छन् ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी नागरिकको मागलाई मध्यनजर गरी सडक निमार्णका लागि महत्व दिएको बताउँछन्। सडक सञ्जाल नपुगेको स्थानमा नयाँ ट्रयाक खोल्नेदेखि कालोपत्र गरेर सडक सुविधा पुराउने काम गरिएको छ । सडकसँग मानिसको जीवनशैली पनि जोडिएको छ  । सडकको पहुँच भएका ठाउँका मानिसको बसाइँसराइ बढेको पनि छ । यसरी जिल्ला बाहिर र भित्रबाट पनि सुविधा भएका ठाउँमा बसाइँसराइ गर्ने क्रम बढेको उनी उल्लेख गर्छन् ।

“जनताको माग पनि सडकको विकासमै हुने गरेको र उपमहानगरपालिकाले पनि सडकको स्तरोन्नतिमै जोड दिइरहेको छ,” नगरप्रमुख चौधरी भन्छन्, “सडकले गाउँको विकास र अर्थतन्त्रमा टेवा पुगेको छ । सडकले गाउँ र सहरलाई जोडेको छ ।”

राष्ट्रिय जनगणना–२०७८ अनुसार दाङ जिल्लाको जनसङ्ख्या छ लाख ७४ हजार नौ सय ९३ छ । यसमा ५२ दशमलव ४० प्रतिशत अर्थात् तीन लाख ५४ हजार तीन सय ७६ महिला र ४७ दशमलव ५९ प्रतिशत अर्थात् तीन लाख २१ हजार नौ सय एक पुरुष छन् । कूल जनसङ्ख्यामध्ये एक लाख २७ हजार नौ सय ७३ जना अन्य जिल्लाबाट बसाइँसराइ गरी आएका हुन् ।

यसैगरी ६४ हजार तीन सय ७५ जना जिल्लाभित्रै एक पालिकाबाट अर्को पालिकामा बसाइँसराइ गरेका छन् । यो जिल्लाको कूल जनसङ्ख्याको नौ दशमलव पाँच प्रतिशत हो । रासस

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १ : ४१ बजे

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर

परराष्ट्रमन्त्रीद्वारा भारतीय स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा