४ पुस २०८२, शुक्रबार | December 20, 2025

यू-१९ एसिया कप नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य



काठमाडौं । एसीसी यू–१९ एसिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४७।२ ओभरमा अल आउट हुँदै १५२ रन बनाएको हो ।

नेपालका लागि उत्तम थापा मगरले सर्बाधिक ५१ रन बनाए भने अर्जुन कुमालले २१ रन बनाएका थिए । त्यस्तै दिपेश कँडेलले ३१ रन बनाएका थिए । यी बाहेक नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

नेपालका लागि तिलक भण्डारीले ७, आकाश त्रिपाठीले ६ र कप्तान देव खनालले शुन्य, गुलशन झाले १, बिशाल विक्रम केसीले १, विपिन रावलले शुन्य र सुबाश भण्डारीले ८ रन र आकाश चन्दले ५ रन बनाएका थिए ।

त्यसैगरी पाकिस्तानका बलर मोहमद जीशानले सर्बाधिक ६ विकेट लिएका थिए । जिशानले ९।२ ओभरमा एक मेडनसहित १९ रन दिएर ६ विकेट लिएका थिए । त्यस्तै आमिर हसनले २ विकेट लिएका थिए । त्यस्तै उबैद शाह र अलि अस्फान्डले एक एक विकेट लिएका थिए ।

 

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ३ : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको