९ चैत्र २०८२, सोमबार | March 23, 2026

बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो फराकिलो बन्दै



बुटवल । बुटवलको मिलनचोकदेखि सुख्खानगर जाने बाटो फराकिलो बन्ने भएको छ।

सडक क्षेत्रको हेभी इक्युपमेन्टको कार्यालयको पर्खाल र नजिकैका भवनहरु हटाएर सडक फराकिलो बनाउन शुरु गरिएको हो।

बुटवल उपमहानगरपालिकाले सो सडक फराकिलो बनाउनका लागि चालु आर्थिक वर्षमा ३५ लाख बजेट विनियोजन गरेकोमा निर्माण कम्पनीले २३ लाख ४५ हजारमा काम सम्पन्न गर्ने गरी ठेक्का पाएको छ।

मिलनचोकबाट पूर्व सुख्खानगर जाने बाटोको चापअनुसार बाटो साँघुरो भएकाले बाटोको क्षेत्रमा रहेको थप ८ फिटसम्मको पर्खाल र सोही क्षेत्रभित्र पर्ने भवन हटाउन लागेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। उनले हेभी इक्युपमेन्ट कार्यालय र स्थानीयसमेतको सहमति र सुझावअनुसार सडक फराकिलो बनाउने काम अगाडि बढाएको बताए।

‘यो बाटोमा गाडीको चाप बढी भएको र सडक साँघुरो थियो, जसका कारण दुर्घटना हुने गरेको थियो, प्रमुख पाण्डेयले भने – यो सडक फराकिलो भएपछि मिलनचोकको जाम पनि केही कम हुन्छ र सहज रुपमा गाडी आवतजावत गर्नसक्छन्।’

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ४ : ०३ बजे

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत