६ श्रावण २०८३, बुधबार | July 23, 2026

प्रदेशको शान्ति सुरक्षाको जिम्मा पाएका गृहमन्त्री पाण्डेय सरकार बिरोधी प्रदर्शनमा



बुटवल । भैरहवा स्थित अन्तरराष्ट्रिय विमानस्थलमा नियमित उडान नराखिएको विरोधमा गरिएको सरकार बिरोधी प्रदर्शनमा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेय सहभागी भएका छन् । नियमित उडान नभएपछि सिद्धार्थ सञ्जालले आयोजना गरेकामे विरोध प्रदर्शनमा गहमन्त्री पाण्डेय सहभागी भएका हुन् ।

सञ्जालको आयोजनामा रुपन्देहीको भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै चरणबद्ध आन्दोलन अन्तर्गत आज विरोध प्रदर्शन गरिएको छ ।

विमानस्थल नियमित रूपमा सञ्चालन गर्न माग गर्दै संघीय राजधानीका बिभिन्न निकायमा ज्ञापन पत्र बुझाएर फर्केको सिद्धार्थ सञ्जाल, रुपन्देहीले आज भैरहवा प्रदर्शन गरेको हो ।

सिद्धार्थ सञ्जाल, रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा विभिन्न सङ्घ–संस्थाहरूको सहभागिता रहेको थियो।भैरहवाको देवकोटा चोकबाट सुरु भएको र्याली बैंकरोड, नारायणपथ, बर्मेली टोल हुँदै बुद्ध चोकमा पुगेर समापन भएको थियो। र्यालीमा सहभागीहरूले विमानस्थल सञ्चालनको माग गर्दै नाराबाजी गरेका थिए ।

विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय उडानको माग गर्दै भैरहवामा शान्तिपूर्ण जनदबाब र्याली तथा विरोध प्रदर्शन गरिएको सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले जानकारी दिए ।

र्यालीमा लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेय, संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे के.सी,सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिहरू, उद्योगी, व्यवसायी, विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि एवं नगर बासीहरूको उपस्थिति रहेको थियो ।

प्रदर्शनपछि बुद्ध चोकमा आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका गृहमन्त्री पाण्डेयले आफूले सरकार छाडेर भए पनि आन्दोलनमा साथ दिने प्रतिबद्धता जनाए । उनले विमानस्थल सञ्चालन गर्नको लागि आफ्नो आन्दोलनमा निरन्तर साथ रहने बताए ।

सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल नचल्दा उद्योगी–व्यवसायी दयनीय अवस्थामा पुगेको बताए ।

संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले यो आन्दोलनलाई सरकारले सानोतिनो नठान्न चेतावनी दिए।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ५ : १६ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क