८ आश्विन २०८३, बिहिबार | September 24, 2026

समझदारी, विश्वास र एकता प्रवर्द्धनमा प्रधानमन्त्रीको जोड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को बडापत्रमा प्रतिष्ठापित समझदारी, विश्वास, एकता र सहयोगका मूल्य–मान्यता प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उनाञ्चालीसौँ सार्क स्थापना दिवसका अवसरमा आज जारी सन्देशमा प्रधानमन्त्रीले हाम्रा मैत्रीपूर्ण कार्य र साझा प्रयासबाट क्षेत्रीय एकता एवं विश्वास प्रवर्द्धन हुने बताएका हुन् ।

सार्क प्रक्रियालाई ऊर्जा प्रदान गर्न, सङ्गठनलाई अझ सबल, प्रभावकारी एवं परिणाममुखी तुल्याउन सार्कको संस्थापक मुलुकका नाताले नेपाल प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताएका छन् ।

दक्षिण एशियाको साझा समृद्धि तथा क्षेत्रीय एकताका निम्ति ३९ वर्षअघि स्थापना भएको सार्कमा त्यसबेलाका गरिबी, कुपोषणजस्ता चुनौतीका साथै जलवायु परिवर्तन र त्यसका प्रतिकूल प्रभावले निम्त्याएका विपत्ति एवं साइबर सुरक्षा नयाँ समस्या थपिएका प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरेका छन् ।

बडापत्र दिवस पनि भनिने सार्क स्थापना दिवसका अवसरमा अफगानिस्तानबाहेक अन्य सदस्य राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख, परराष्ट्रमन्त्री र सार्कका महासचिवले बेग्लबेग्लै सन्देश जारी गरी सदस्य देशका जनताको समृद्धिको कामना गरेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ९ : २८ बजे

मौसमी जोखिममा सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले असोज ९ देखि ११ गतेसम्म

वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट बच्न सरकारको उच्च सतर्कता, सबै मन्त्रालय सक्रिय

काठमाडौँ । देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको

प्रदेश विश्वविद्यालयको विधानमा स्वायत्ततामाथि प्रश्न : पुनरावलोकन आवश्यक

बुटवल । लुम्बिनी प्राविधिक विश्वविद्यालयको विद्यमान विधानका विभिन्न दफा तथा

कांग्रेस महाधिवेशन : पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको यही असोज १६ देखि १९ गतेसम्म

बाँकेमा सुरक्षित आश्रयस्थलको व्यवस्थापन गरिँदै

यही शुक्रबारदेखि तीन दिनसम्म भारी र अति भारी वर्षा हुने