६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

समझदारी, विश्वास र एकता प्रवर्द्धनमा प्रधानमन्त्रीको जोड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को बडापत्रमा प्रतिष्ठापित समझदारी, विश्वास, एकता र सहयोगका मूल्य–मान्यता प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उनाञ्चालीसौँ सार्क स्थापना दिवसका अवसरमा आज जारी सन्देशमा प्रधानमन्त्रीले हाम्रा मैत्रीपूर्ण कार्य र साझा प्रयासबाट क्षेत्रीय एकता एवं विश्वास प्रवर्द्धन हुने बताएका हुन् ।

सार्क प्रक्रियालाई ऊर्जा प्रदान गर्न, सङ्गठनलाई अझ सबल, प्रभावकारी एवं परिणाममुखी तुल्याउन सार्कको संस्थापक मुलुकका नाताले नेपाल प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताएका छन् ।

दक्षिण एशियाको साझा समृद्धि तथा क्षेत्रीय एकताका निम्ति ३९ वर्षअघि स्थापना भएको सार्कमा त्यसबेलाका गरिबी, कुपोषणजस्ता चुनौतीका साथै जलवायु परिवर्तन र त्यसका प्रतिकूल प्रभावले निम्त्याएका विपत्ति एवं साइबर सुरक्षा नयाँ समस्या थपिएका प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरेका छन् ।

बडापत्र दिवस पनि भनिने सार्क स्थापना दिवसका अवसरमा अफगानिस्तानबाहेक अन्य सदस्य राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख, परराष्ट्रमन्त्री र सार्कका महासचिवले बेग्लबेग्लै सन्देश जारी गरी सदस्य देशका जनताको समृद्धिको कामना गरेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ९ : २८ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र