१२ श्रावण २०८१, शनिबार | July 27, 2024

राष्ट्रिय अनुसन्धानको नक्कली नियुक्ति पत्र दिएर जागिर खुवाउने खाँ पक्राउ



नेपालगन्ज । राष्ट्रिय अनुसन्धानको नक्कली नियुक्तिपत्र बनाएर जागिर खुवाउने एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ नहरपुर्वाका फहद खाँ रहेका छन् ।

खाँले स्थानीय प्रदीप बर्मालाई राष्ट्रिय अनुसन्धानको नक्कली नियुक्तिपत्र बनाएर जागिर खुवाएपनि तलव दिन नसकेपछि आफै प्रहरीको फन्दामा परेका हुन् । जागिर पक्का भएको भन्दै बर्माबाट २६ हजार घुस भनेर बुझेका खाँसँग बर्माले जागिर खाएको महिना पुगेपछि तलव माग्दा खाँ सम्पर्क बिहिन भएपछि बर्मा आफै प्रहरीमा पुगेर उजुरी दिएको बाँके प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बेरोजगार बर्मालाई खाँले सरकारी जागिर खुवाउने कुरामा आश्वास्त पार्दै बर्मासँग शैक्षिक योग्यताका प्रमाणपत्रहरु समेत मागेर सरकारी छाप किर्ते गरेर राष्ट्रिय अनुसन्धानको नक्कली नियुक्तीपत्र बर्मालाई थमाएका थिए ।

आफुलाई दिइएको नियुक्तीपत्र नक्कली हो वा सक्कली भनेर पहिचान नगरि अनुसन्धानका कर्मचारी भएर हिँडेका बर्माले तलव मागेपछि खाँ सम्पर्क बिहिन भएको प्रहरीले जनाएको छ । जागिर खुवाए वापत बर्माले गत भदौं ३ गते खाँलाई नगद २६ हजार बुझाएको बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले बताए ।

बर्माको उजुरीका आधारमा आरोपी खाँलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको डीएसपी डाँगीले बताए । प्रहरीले खाँ सहितको गिरोहले अन्नय सर्वसाधारणलाई समेत सरकारी कागजात र छाप किर्ते गरि नियुक्ति दिउको हुन सक्ने भन्दै प्रहरीमा सूचना गर्न आग्रह गरेको छ ।

प्रहरीले आजै ४ वटा राँगा भन्सार छलेर नेपाल भित्राउँदै गरेको अवस्थामा बरामद गरेको छ । प्रहरी देखेर राँगा ल्याउँदै गरेका ब्यक्तिहरु भागेको प्रहीले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १० : ०३ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान