१३ जेष्ठ २०८३, बुधबार | May 28, 2026

कोशी प्रदेशमा पहिलोपटक एआई तालिम सुरु



मोरङ । कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङलगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन प्रारम्भ गरिएको छ ।
मोरङको बूढीगङ्गामा-२ टङ्कीसिनवारीमा रहेको जेभियर्स इङसिल विद्यालयले दूरशिक्षा काठमाडौँका प्रशिक्षिकद्वारा शुक्रबरदेखि तालिम सुरु गरेको हो ।

अहिलेको विश्वका परिवेशमा सूचना प्रविधिलगायतका विषयमा स्वदेश र विदेशमा अत्यधिक मागलाई ध्यानमा राखी मुलुकमा दक्ष जनशक्ति उत्पादन गर्न एआईसम्बन्धी अध्यापन सुरु गरिएको विद्यालयका उपप्राचार्य जनक ढकालले जानकारी दिए ।

विद्यालयमा अध्ययनरत कक्षा ३ देखि १० सम्मका पाँच सय विद्यार्थीलाई एआईसम्बन्धी अध्यापन गरिने छ । पूर्वाञ्चाल विश्वविद्यालयका सहायक डिन मनोज साह, दूरशिक्षाका प्रतिनिधि कृष्ण भण्डारी र विद्यालयका प्राचार्य परेश पोखरेलले संयुक्तरुपमा शुभारम्भ गर्दै मुलुकलाई आवश्यक पर्ने सूचना प्रविधिका दक्ष जनशक्ति उत्पादनमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

विद्यालयले दूर शिक्षालाई रु १० लाख भुक्तानी गरेको छ भने विद्यार्थीलाई निःशुल्क तालिम दिने व्यवस्था मिलाएको विद्यालयले जनाएको छ । आगामी एक वर्षसम्म दूर शिक्षाले सूचना प्रविधिका ४८ वटा विधामा तालिम सञ्चालन गर्नेछ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ८ : ०७ बजे

संविधान संशोधन बहसपत्र कार्यदलद्वारा विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलासँग छलफल

काठमाडौँ । विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलाले संविधान संशोधन

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

पोखरा । पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

डिडिसीका कागजात प्रहरीको नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज लैनचौर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

दाङ । लुम्बिनी प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि

सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, दुई बन्द

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति