९ फाल्गुन २०८०, बुधबार | February 21, 2024

लमजुङमा सामुहिक भोज खाने एक जनाको मृत्यु, २९ बिरामी



लमजुङ । लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको मृत्यु भएको छ। २९ जना बिरामी भएका छन्।

बेसीसहर नगरपालिका वडा नम्बर ४ पुरानोकाट घर भई हाल सुन्दरबजार नगरपालिका वडा नम्बर ९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले बताए।

सुन्दरबजार नगरपालिका वडा नम्बर ८ स्थित क्षेत्रबहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा आयोजना गरिएको सामूहिक भोजमा परियारले पनि खाना खाएकी थिइन्। त्यसपछि उनलाई टाउको दुख्ने, ज्वरो आउने र तारन्तार पखाला लागेपछि आइतबार बिहान सुन्दरबजारको एचडिसीएस नमूना सामुदायिक अस्पताल पुर्‍याइएको थियो।

अस्पतालमा ल्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। अस्पतालका अनुसार मृतक परियारका श्रीमान् देवु, १२ वर्षीय छोरी विद्यासहित २९ जना हाल उक्त अस्पतालमा उपचारत छन्।

भोज खाएका सोही पालिकाको वडा नम्बर ८ र ९ का बासिन्दा शनिबारदेखि बिरामी पर्न थालेपछि उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार भोजमा ४० जना सहभागी थिए।

भोजमा भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएका थिए। अस्पतालमा बिरामी आउने क्रम जारी छ। घटनाको अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १ : ०० बजे

देशको समृद्धिका लागि प्रमुख दलहरूबीच सहकार्य हुनुपर्छ : सांसद कल्पना मियाँकुसारी

काठमाडौं । संसद्को कानुन निर्माण प्रक्रियामा प्रमुख राजनीतिक दलका शीर्ष

ललिता निवासको जग्गा खाली गर्न काठमाडौं महानगरपालिकाको ७ दिने म्याद

काठमाडौं । काठमाडौं महानगरपालिकाले ललिता निवास क्षेत्र सात दिनभित्र खाली

भित्तेपत्रिकाबाट पत्रकारिताको अभ्यास

बझाङ । निर्मला बाग ‘सरस्वती’ बालभित्ते पत्रिकाको प्रकाशक हुन ।

विश्वकप लिग-२ : नामिबियाविरुद्ध नेपाल ब्याटिङमा, टिममा एक परिवर्तन

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र

बस्ती संरक्षणका लागि कालीगण्डकीमा तटबन्ध

बागलुङ । बागलुङ नगरपालिका-१ स्थित मालढुङ्गा क्षेत्रको बस्ती कालीगण्डकी नदीको