२२ माघ २०८२, बिहिबार | February 5, 2026

सशस्त्रको घेरा तोडेर दुई राँगा गायव



नेपालगन्ज । प्रहरीले बरामद गरेर भन्सारमा बुझाएको ४ वटा राँगा मध्य २ वटा राँगा सशस्त्र प्रहरीको पहराकोबीचबाट गायव भएको छ । नेपाल प्रहरीले डुडुवा गाउँपालिका ६ मुन्सिपुर्वाबाट नियन्त्रणमा लिएर नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको चार मध्ये दुई वटा राँगा शनिवार राती सशस्त्र प्रहरी वल भन्सार सुरक्षा कार्यालयको गेटबाट गायव भएको हो ।

भारतबाट अवैधरुपमा भित्र्याएका ४ वटा राँगा बाँके प्रहरीले बरामद गरेर भन्सारमा बुझाएको थियो । प्रहरीले राँगा बरामद गर्दा राँगा तस्करीमा संलग्न भएकाहरु फरार भएको भन्दै राँगालाई भन्सार सुरक्षामा खटिएको सशस्त्र प्रहरीको जिम्मा लगाएको थियो । भन्सार गराउन पठाएको चार मध्ये दुई वटा राँगा भन्सार कार्यालय भित्र रहेको सशस्त्र प्रहरीको कार्यालय गेटबाटै गायव भएका हुन् ।

सशस्त्रको सुरक्षामा रहेको राँगा रातारात गायव भएपछि यसमा सशस्त्र प्रहरीको मिलेमतो रहेको हुन सक्ने आंकलन गरिएको छ ।

गेटमा बाँधिएको राँगा गायव भएपछि अहिले सीसी क्यामेराको फुटेज हेर्ने काम भइरहेको सशस्त्रका एक अधिकारीले बताए । भन्सार छलेर नेपाल भित्राइएका समानहरु यसअघि भन्सारमा बुझाइएपनि सशस्त्रले भन्सार दाखिला नगरि मिलोमतोमा छाड्ने गरेको चर्चा चलिरहेकाबेला सिङ्गो राँगा नै सशस्त्रको पहराभित्रबाट गायव भएपछि भन्सार सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टिम विवादमा तानिएको छ ।

विगत केही सम्यदेखि नै भारतबाट सस्तोमा ल्याएर तस्करले राँगालाई नेपालमा महंगोमा विक्रि गर्दै आएका छन् । सशस्त्र प्रहरीको मिलेमतोमा भित्रिएका ति राँगा झण्डै एक लाख ४० हजार मुल्यको रहेको बताइएको छ ।

सशस्त्र प्रहरीले प्रहरी आएको सूचना दिएकै कारण तस्कहहरु भाग्न सफल भएको प्रहरी स्रोतले दाबी गरेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १ : ४० बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता