२० मंसिर २०८२, शनिबार | December 6, 2025

डिशहोमले प्रदान गर्यो आईसीसी टी–२० आई विश्वकप छनोट अन्तर्गत गरेको पुरस्कार खेलाडीहरुलाई



काठमाडौ । डिशहोमले आईसीसी टी–२० आई विश्वकप छनोट अन्तर्गत गरेको पुरस्कार घोषणाको रकम खेलाडीहरुलाई प्रदान गरेको छ । कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव पारस खड्का, मुख्य प्रशिक्षक मोन्टी देसाई, कप्तान(रोहित कुमार पौडेल लगायत अन्य खेलाडीहरु पनि उपस्थित भएका थिए ।

२९ अक्टोवर, २०२३ देखी सुरु भएको आईसीसी टी–२० आई विश्वकप एसिया क्षेत्र छनोटको खेलमा डिशहोम फाइबरनेटले ‘अब इतिहास रच्ने पालो हाम्रो’ भन्ने नारासहित नगद पुरस्कार घोषणा गरेको थियो ।

पुरस्कार अन्तर्गत खेलमा शतक प्रहार गर्ने नेपाली खेलाडीले १० लाख रुपैयाँ । त्यस्तै, एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीले २० लाख रुपैयाँ दिइने डिशहोमले जनाएको थियो ।

एकै खेलमा ५ विकेट लिएमा ५ लाख, अर्धशतक बनाएमा १ लाख, कम्तीमा ३ विकेट लिएमा १ लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा ३ क्याच वा स्टम्पिङ गर्ने खेलाडीलाई ५० हजार रुपैयाँ दिइने जनाएको थियो ।
नेपाल दश वर्षपछि टी(२० विश्वकपमा छनोट भईसकेको त हामी सबैलाई अवगत नै छ ।

आईसीसी टी–२० आई विश्वकप एसिया छनोट अन्तर्गत सेमिफाइनलमा ०३ नोवेम्बर,२०२३ मा युएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित बनाएको थियो । युएईले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले १७।१ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो ।

यसै सँगै डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले उत्साह व्यक्त गर्दै भने, हामी नेपाल टोलीलाई समर्थन गर्न र नेपाली क्रिकेटको प्रवर्द्धन गर्न पाउँदा उत्साहित छौं । हाम्रो प्रतिबद्धता क्यानलाई आवश्यक स्रोत र सहयोग उपलब्ध गराउनु हो । साथै अबका दिनमा क्यानसँग जोडीएर अघी बढ्ने प्रतिबद्धता पनि जनाउनु भएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ३ : ३० बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय