२९ मंसिर २०८२, सोमबार | December 15, 2025

लागूऔषधसहित ३ जना पक्राउ



कैलाली। धनगढी उपमहानगरपालिका–२ डोके बजारबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा डोटी केआईसिंह गाउँपालिका–१ बस्ने २० वर्षीय निश्चल शाही र सोही गाउँपालिका(२ बस्ने २१ वर्षीय मनोज रावल रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

रूपन्देही, मायादेबी गाउँपालिका(१ यरैलीबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ करिब ५ ग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय राकेश गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय भैरहवा र ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

दुबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ४ : ४७ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले