१२ श्रावण २०८१, शनिबार | July 27, 2024

गणतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुनै सक्दैन : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थालनी गरेका जनपक्षीय काम देखेर विरोधीहरु भ्रम र जालझेलको षड्यन्त्रमा लागेको टिप्पणी गरेका छन् । सरकारले सामाजिक न्याय, सुशासन, समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिका क्षेत्रमा राम्रा काम अघि बढाएपछि व्यवस्थाविरोधी शक्ति अत्तालिएको उनको भनाइ छ ।

नेकपा (माओवादी केन्द्र)ले काठमाडौँको गोकर्णेश्वरमा आयोजना गरेको ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ अन्तर्गत कार्यकर्ता प्रशिक्षणमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले सरकार बनेदेखि नै सरकारविरुद्ध लागेकाहरु अहिले झनै अत्तालिएर संविधानमाथि नै धावा बोल्ने दुस्साहस गर्न थालेको बताए ।

“एकथरीले सरकार गठन भएदेखि नै नेपाल श्रीलङ्का बन्ने भयो, उत्पातै हुने भयो, आकाशै खस्ने भयो भन्ने किसिमले प्रचार गरे”, उनले भने, “तर सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रमा राम्रा काम गर्दै गएपछि यसरी कुप्रचार गर्नेहरु विक्षिप्त बनेर व्यवस्थाविरुद्ध अनर्गल प्रचारबाजी र सरकारलाई बदनाम गर्ने षड्यन्त्रमा लागेका छन् ।”

व्यवस्था विरोधीले सङ्घीयता, धर्मनिरपेक्षता, जाति, वर्ग, क्षेत्र र लिङ्गका अधिकारविरुद्ध नै प्रहार गर्न पुगेका उहाँको भनाइ छ । सरकारले सामाजिक न्यायका पक्षमा इतिहासकै महत्वपूर्ण निर्णय गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितका पक्षमा कानुन निर्माण गरेर सामन्तीको पीडाबाट हजारौँ जनतालाई मुक्ति दिन सफल बनेको बताए ।

“मिटरब्याज पीडितका पक्षमा आयोग र ऐन नै बनाएर पीडकमाथि कारबाही गरियो, पीडितका लागि यो मुक्ति अभियान जस्तै भयो”, प्रधानमन्त्री प्रचण्डले भने, “बुबाआमा नेपाली भएर पनि नागरिकता नपाउनुको पीडा झेलेका लाखौँ नेपालीले नागरिकता पाउन सके ।”

सुशासनका पक्षमा सरकारले महत्वपूर्ण कदम उठाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ठूलाठूला भ्रष्टाचारका काण्डको छानबिन अघि बढाइएको बताए । “भू–माफिया र तस्करीविरुद्ध नयाँ अभियान चलाइएको, अन्तरर्राष्ट्रिय क्षेत्रमा सफल कूटनीतिक अभ्यास गरेको र त्यसमा पनि खासगरी जलवायु न्यायका क्षेत्रमा निर्णायक पहल गरिएको छ, यी कामबाट व्यवस्थाविरोधी शक्ति छटपटिएका छन्”, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको उल्लेख गर्दै नेपाली समाजमा देखिएका समस्या लोकतान्त्रिक गणतन्त्रबाटै हल हुने दाबी गरे । “कतिपय शक्ति व्यवस्थाविरुद्ध भ्रम छर्न, बदनाम गर्न लागिपरेका छन् । कुनै बेला इतिहासमा मिल्काइएका राजा महाराजा ल्याउने कुरा गरिरहेका छन्”, उनले भने, “तर लोकतान्त्रिक गणतन्त्रको विकल्प हिजोको सामन्ती निरङ्कुशतन्त्र कदापि हुन सक्दैन ।”

प्रधानमन्त्री प्रचण्डले सुकुम्वासी तथा भूमिहीनको समस्या समाधान गर्न निर्णायक पहलकदमी लिइएको जानकारी दिँदै वन तथा भूमिसम्बन्धी ऐन संशोधन गरेर लाखौँ सुकुम्वासीलाई जग्गा प्रदान गर्ने तयारी भइरहेको बताए ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ८ : २९ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान