३० बैशाख २०८१, आइतबार | May 12, 2024

एनसेलविरुद्ध सांसद अमरेश सिंहले हालेको रिटमा आज सुनुवाइ हुँदै



काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेल विरुद्ध दायर गरेको रिटमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । दुई दिन ‘हेर्न नभ्याइने’ हुँदै सरेको सुनुवाइ आज हुने भएको हो ।

सांसद सिंहले गत शुक्रबार दायर गरेको रिट आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा परेको थियो । दुवै दिन हेर्न नभ्याइनेमा परेपछि रिटको पेसी आजलाई सरेको हो ।

सांसद सिंहले एनसलेको ८० प्रतिशत सेयर भएको मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ठूलो भ्रष्टाचार भएको दाबी गर्दै रिट दायर गरेका छन् ।

एनसलेको ८० प्रतिशत सेयर होल्डर मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै एक खर्ब ४३ अर्ब हालेको र ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्नुले सबैभन्दा ठूलो भ्रष्टाचारको संकेत गरेको जिकिर सांसद सिंहले गरेका छन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग समेतलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ७ : २२ बजे

राष्ट्र बैंक रिपोर्ट : महंगी घट्यो

काठमाडौं । चैत्र महिनामा महंगी घटेको छ । नेपाल राष्ट्र

लुम्बिनीका दुई प्रदेश सांसद जसपामा खुले

बुटवल । लुम्बिनी प्रदेश सभाका दुई सांसद नवगठित जनता समाजवादी

सभामुखले बोलाएको बैठक बिना निष्कर्ष सकियो, कांग्रेसको अडान यथावत

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका प्रमुख सचेतक,

लुम्बिनी प्रादेशिक अस्पतालमा मनाइयो २०४ औं नर्सिङ दिवस

बुटवल । नेपाल नर्सिङ संघ बुटवल शाखाको आयोजनामा आइतबार २०४

मधेश सरकारबाट बाहिरियो माओवादी

जनकपुरधाम । नेकपा माओवादी केन्द्रले मधेश प्रदेशको सरकार छोडेको छ