विराटनगर । नेकपा एमालेले तयार पारेको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका छन् ।
झुलाघाट– चिवा भञ्ज्याङ्ग संकल्प यात्रामा रहेको एमालेले ओखलढुंगामा तयार पारेको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका हुन् ।
एमालेको संकल्प यात्रालाई अवरोध गरेको आरोपमा आठजना पक्राउ परेका छन् । ओखलढुङ्गा, खोटाङ्गलगायतका जिल्लामा मध्यपहाडी लोकमार्गमा रुख ढालेर बाटो अवरोध गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पूर्वमन्त्री गोपाल किरातीसमेत रहेका छन् ।
बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको संकल्प यात्रा ताप्लेजुङको चिवाभञ्ज्याङ पुगेर सम्पन्न हुने कार्यक्रम छ । संकल्प यात्राकै क्रममा अध्यक्ष केपीशर्मा ओली सहितका शीर्ष नेताहरुको टिम आज कोशी प्रदेश प्रवेश गरेको हो ।
कोशीका विभिन्न जिल्लामा पहिचानवादी पक्षधरहरुले एमालेमाथि आक्रमण गर्दै आएका छन् ।



















प्रतिक्रिया