४ पुस २०८२, शुक्रबार | December 20, 2025

झापा र रुपन्देहीबाट लागूऔषधसहित पाँच जना पक्राउ



काठमाडौं। झापा र रुपन्देहीबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् ।

झापाको बिर्तामोड नगरपालिका-४ डेरा गरी बस्ने भारत बिहार राज्य माल्दा बोरलका २२ वर्षीय जेनिश राजवंशी र ताप्लेजुङ सिरिजंघा गाउँपालिका-१ का २४ वर्षीया युनिशा लिम्बुलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो। उनीहरूलाई कोठाबाट ब्राउनसुगर जस्तो देखिने १ ग्राम ८ सय मिलिग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ।

यस्तै रूपन्देहीको कोटहीमाई गाउँपालिका-३ मुर्दहियाबाट नियन्त्रित लागूऔषधसहित सोही गाउँपालिका-७ पर्सहवा बस्ने २३ वर्षीय अजय अग्रहरीसमेत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मझगावा र प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु.७९ प ५१०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नुफिन ६८ एम्पुल, फेनारागन ६७ एम्पुल, डाईजेपाम ६८ एम्पुल र नाईट्रोभेट ४३ ट्यावलेटसहित पक्राउ गरेको हो। दुवै घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ८ : १५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको