४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

भारत लैजाँदै गरेको ७० ग्राम सुनका गहना सहित एकजना पक्राउ



नेपालगन्ज । नेपालगन्ज नाकाहुँदै नेपालबाट भारत तर्फ लैजाँदै गरिएको ६ तोला बराबरका सुनका गहना सहित बाँके प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बुधबार नेपालगन्ज उपमहानगरपलिका १० साझा चोकस्थित चारबाहीनीबाट जमुनाह तर्फ जाँदै गरेको भारतीय नागरिक बब्लु भन्ने सञ्जय कुमार सोनीको साथबाट ६ तोला सुनको गहना बरामद गरेको बाँके प्रहरीले जनाएको छ ।

भारतको बाबागञ्ज बस्ने ४० वर्षिय बब्लु भन्ने सञ्जय कुमार सोनीको साथबाट ६ तोला बराबरको सुनका गहना बरामद गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए । सोनीले चलाएको यूपी ४० एयू ४१९९ नं. को मोटरसाईकल चेकजाँच गर्दा उक्त परिमाणको सुनका गहना भेटिएको डिएपी डाँगीले बताए ।

प्रहरीका अनुसार बरामद गरिएका गहना मध्य मिनी हार दुईथान, मसिनो सिक्रि एकथान, नथिया ठूलोसानो दशथान, लकेट एकथान, कानमा लगाउने टप चारथान, औंठी एकथान गरी ६ प्रकारका गहना रहेका छन् । नेपालगन्ज सुनचाँदी व्यवसायी संघ बाँकेले प्रमाणीत गरेको उक्त गहनाको जम्मा तौल ७० ग्रामको रहेको र बजार मूल्य ६ लाख ७८ हजार एकसय ५८ रुपैंया रहेको छ ।

सुनका गहनासँगै सोनीका साथबाट एउटा सुपर स्पिलिन्डर मोटरसाईकल, स्यामसुङ्ग कम्पनीको एकथान ट्याब, कानमा लगाउने ५४ जोर टप र कानमा लगाउने बेरुवा बाली ३१ जोर बरामद गरी थम कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ८ : २७ बजे

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन