४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

महेन्द्र शाहको शालिक राख्ने विषयमा कञ्चनपुरमा विवाद, भीमदत्त नगरमा निषेधाज्ञा



कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा पूर्व राजा महेन्द्र शाहको शालिक राख्ने विषयमा विवाद बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको छ ।

महेन्द्रको शालिक राख्ने विषयमा गणतन्त्रवादी कांग्रेस, एमाले माओवादी लगायतका दलहरु र राप्रपाको बीचमा विवाद भएपछि प्रशासनले निषेधाज्ञा लागु गरेको हो । राप्रपाले आज भीमदत्तनगरमा सभाको आयोजना गरी शहीद भीमदत्त पन्तको शालिक भएको स्थानमा महेन्द्र शाहको शालिक राख्ने योजना बनाएको थियो । सो योजनाको अन्य राजनीतिक दलहरुले तिब्र विरोध गर्दै शालिक राख्न नदिने जनाएका थिए ।

दलहरुबीच मतभिन्नता देखिएपछि स्थितिलाई थप भड्किन नदिन प्रशासनले आजदेखि ७ दिनसम्म निषेधाज्ञा लगाएको हो । सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम राख्न तथा अत्यावश्यक सेवालाई निर्वाध सञ्चालन गर्न निषेधाज्ञा लगाउनुपरेको तर्क प्रशासनले गरेको छ ।

भीमदत्त नगरपालिका–४ को संविधान चोकदेखि पूर्वमा दशरथचन्दको शालिकसम्मको मुख्य सडक र पश्चिममा मदन भण्डारीको शालिकसम्मको मुख्य सडकखण्डमा निषेधाज्ञा जारी भएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३)क बमोजिम निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । निषेधित क्षेत्रभित्र ७ दिनसम्म ५ जना भन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने प्रशासनले जनाएको छ ।

 

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  २ : १८ बजे

पशुपतिमा एकैदिन ६ लाखभन्दा बढीले गरे दर्शन

काठमाडौं । महाशिवरात्री पर्वका अवसरमा आइतबार पशुपतिनाथ मन्दिर मा भक्तजनको

मुग्लिन-मलेखु सडकमा कालोपत्र गरिँदै

चितवन । पृथ्वी राजमार्गको नागढुङ्गा-मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने

सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्रहरू

मुस्ताङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

तुलसी घिमिरेको ‘पहाड’ वैशाख १ बाट प्रदर्शन

काठमाडौं । वरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी

पाकिस्तानमाथि ६१ रनको प्रभावशाली जित, भारत एक खेलअघि नै सुपर-८ मा

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह ‘ए’ को महत्वपूर्ण प्रतिस्पर्धामा