२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

कान्ति माविलाई लाग्यो धार्मिक सहिष्णुता बिगार्न खोजेको आरोप, उपमहानगरले सोध्यो स्पस्टीकरण



बुटवल । बुटवलको पुरानो सामुदायिक विद्यालय कान्ति माध्यामिक विद्यालयले दोस्रो त्रैमासिक परीक्षामा कक्षा ७ को स्थानीय पाठ्यपुस्तक ‘हाम्रो बुटवल’ को ४ वटा प्रश्नपत्रमा धार्मिक सन्तुलन कायम राख्न नसकेको भन्दै बुटवल उपमहानगरपालिकाले स्पस्टीकरण सोधेको छ ।

कान्तिले दोस्रो त्रैमासिक परीक्षामा कक्षा ७ को स्थानीय पाठ्यपुस्तक ‘हाम्रो बुटवल’ को ४ वटा प्रश्नपत्रमा लगातार इसाई धर्मबाट मात्र प्रश्न निकालीएको कारण धार्मिक सहिष्णुतामा नकारात्मक प्रभाव परेको गुनासो आएको भन्दै उपमहानगरपालिकाले विद्यायललाई स्पस्टीकरण सोधेको हो ।

उपमहानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले विद्यालयलाई पठाएको पत्रमा दोस्रो त्रैमासिक परीक्षाको कक्षा ७ को स्थानीय पाठ्यपुस्तक ‘हाम्रो वुटवल’ को पश्न पत्रमा प्रश्न नं.३ (क), प्रश्न नं. ४ (क) प्रश्न नं. ५(ख) र (ञ) गरी ४ वटै प्रश्नहरु इसाई धर्म सम्बन्धित मात्र रहेको पाइएकोले यति धेरै प्रश्नहरु एउटै धर्म सम्प्रदायसंग सम्बन्धित हुँदा धार्मिक सहिष्णुतामा नकारात्मक प्रभाव पारिएको भन्ने गुनासो सुनिन काएकोले के कति कारणले यस्तो भएको हो ? भनि स्पस्टीकरण सोधिएको छ ।

साथै स्पस्टीकरणमा उक्त प्रश्नहरु निर्धारित विशिष्टिकरण तालिका अनुसार निर्माण गरिएका हुन् वा होइनन् सम्बन्धित शिक्षकसंग यसको उचित जवाफ माग गरी ५ दिन भित्र उपमहानगरमा जवाफ पेश गर्न भनिएको छ ।

कान्ति माविका प्राचार्य गोबिन्द ज्ञवालीले करिकुलम अनुसार बनेको पाठ्यक्रम भित्रैबाट प्रश्नपत्र बनेको बताए । उनले विद्यालयको धार्मिक सहिष्णुता खलल पार्ने कुनै नियत नभएको स्पष्ट पारे । विद्यालयमा बनेको पाठ्यक्रम भित्र सबै धर्मको विषयमा पाठ रहेको उल्लेख गर्दै ज्ञवालीले प्रश्नपत्रमा एउटै धर्मका विषयमा राख्नु कमजोरी भएको भन्दै विषयगत शिक्षकलाई सचेत गराइएको बताए ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ६ : ४४ बजे

हराएका शताब्दीऔँ पुराना मूर्ति अमेरिकाबाट नेपाल पठाइयो

वासिङ्टन डिसी । अमेरिकास्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने प्रदेशसभाको

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

राजस्थानमाथि सनराइजर्सको एक रनको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले राजस्थान

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने