२ पुस २०८२, बुधबार | December 17, 2025

नेपाल सुपर लिग : धनगढी शीर्षस्थानमा उक्लियो



काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा एफसी चितवनलाई पराजित गर्दै धनगढी फुटबल क्लब अङ्कतालिकाको शीर्षस्थानमा उक्लेको छ । दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा धनगढीले चितवनलाई १-० गोलअन्तरले पराजित गर्दै अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको हो ।

धनगढीको जितमा आफिज ओलावालेले गोल गरे । उनले खेल सुरुआती दोस्रो मिनेटमा गरेको एक गोल नै धनगढीका लागि निर्णायक गोल सावित भयो । उनले रोहन कार्कीले दिएको पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरेका थिए ।

जितसँगै धनगढीले पाँच खेलमा तीन खेलमा जित तथा दुई खेलमा बराबरी खेल्दै ११ अङ्क जोडेको छ । त्यस्तै हारसँगै चितवन भने छ खेलमा एकमा जित, दुई खेलमा बराबरी तथा तीन खेलमा हार व्यहोर्दै पाँच अङ्क बनाएको छ ।

चितवन अङ्कतालिकाको सातौँ स्थानमा रहेको छ । उक्त लिगअन्तर्गत आज साँझ ५ बजे हुने खेलमा झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ७ : १८ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन