२ पुस २०८२, बुधबार | December 17, 2025

नेपाल सुपर लिग : ललितपुरको अपराजित यात्रा जारी



काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण फुटबल प्रतियोगितामा ललितपुर सिटी एफसीले झापा एफसीसँग गोलरहित बराबरी खेल्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । दशरथ रङ्गशालामा शुक्रबार भएका खेलमा दुवै टोलीले निर्धारित समयमा गोल गर्न नसकेपछि प्रतियोगिता गोलरहित बराबरीमा टुङ्गिएको हो ।

आजको खेलसँगै दुवै टोलीले प्रतियोगितामा एक-एक अङ्क बाँडेका छन् । दश अङ्क बटुलेको ललितपुर अङ्कतालिकाको दोस्रो स्थानमा छ । त्यस्तै पाँच खेलमा स्पर्धा गरेको धनगढी ११ अङ्क समेटेर पहिलो स्थानमा छ । यो खेलसँगै ६ खेलमा प्रतिस्पर्धा गरेको झापाले सात अङ्क पाएको छ । एक हार, एक जित र चार बराबरीसँगै झापा अङ्कतालिकाको पाँचौँ स्थानमा छ ।

दशरथ रङ्गशालामा आज दुई खेल हुनेछन् । दिउँसो १ बजे हुने पहिलो खेलमा पोखरा थन्डर्स र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ भने अपराह्न ५ बजे हुने दोस्रो खेलमा स्पोर्टिङ इलाम डे मेची एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ६ : ११ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन