१६ बैशाख २०८१, आइतबार | April 28, 2024

तेस्रो जिल्लास्तरीय कालिका रनिङशिल्ड प्रतियोगिता २०८० पुस २ गतेबाट सुरु



बुटवल । बुटवलमा रहेको कालिका मानव ज्ञान माध्यामिक विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा पुस २ गतेबाट तेस्रो जिल्लास्तरीय कालिका रनिङशिल्ड प्रतियोगिता २०८० हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारि पूरा भएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, रिले, तेक्वान्दो (छात्र/छात्रा) पाच विधामा ३२ स्वर्ण, ३२ रजत र ३२ कास्य गरि कुल ९६ वटा पदकको लागि प्रतिस्पर्धा हुने उनले बताए । यो वर्ष प्रतियोगितामा नया खेलका रुपमा तेक्वान्दोलाई समावेश गरिएको उनले बताए । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैया शिल्ड, प्रमाणपत्र, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरि द्घितिय टिमले ३० हजार, तृतिय टिमले नगद २० हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

एक समोराहका बिच बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, वडा नं १० का वडाअध्यक्ष बल बहादुर पुन, बुटवल कालिका कलेजका प्राचार्य घनश्याम पाठक, शिक्षक अभिभावक संघ अध्यक्षय केशवराज पोखरेल, विद्यालयका अध्यक्ष नित्यानन्द ज्ञवालीले रनिङशिल्ड अनावरण गरेका थिए ।

कार्यक्रममा विद्यालयका अध्यक्ष नित्यानन्द ज्ञवालीले खेलाडी उत्पादनको आधार विद्यालय खेलगतिविधि भएको भन्दै आफुुहरु यसमा जोड दिदै आएको बताए । प्रतियोगितामा जिल्ला भरिका सामुदायिक र संस्थागत गरि २९ विद्यालयका ८ सय बढि विद्यार्थीहरुले खेलमा प्रतिस्पर्धा गर्ने खेल संयोजक हरिस वलीले बताए । गतवर्ष कुवरवर्ति विजेता रहेको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ६ : १८ बजे

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका

प्रधानमन्त्रीको दाबी – ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसक्यो

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।