१६ बैशाख २०८३, बुधबार | April 30, 2026

विकास र समृद्धिमा लाग्नुपर्नेमा राजनीतिक मुद्दामै अल्झियौँ : सञ्चारमन्त्री शर्मा



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास र समृद्धिका लागि केन्द्रित हुनुपर्नेमा मुलुक अझै पनि राजनीतिक एजेण्डामै अल्झिरहेको टिप्पणी गरेकी छिन् । गोरखापत्र संस्थानको प्रकाशन ‘दि राइजिङ नेपाल’को ५८औँ वार्षिकोत्सवका अवसरमा मन्त्री शर्माले अबको मुद्दा विकास र समृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिइन ।
“विकास र समृद्धिमा लाग्नुपर्नेमा हामी अहिले पनि राजनीतिक मुद्दामै केन्द्रित भइरहेका छौँ । राजनीतिक दल, जनवर्गीय सङ्गठन लगायतले यो कुरा बुझ्न जरुरी छ । अहिले राजनीतिक परिवर्तनको मुद्दामा छैनौँ”, उनले भनिन। शर्माले सञ्चारमाध्यमले पनि जिम्मेवारीपूर्वक भूमिका बहन गर्नुपर्नेमा जोड दिइन। पछिल्लो समय सूचना–प्रविधि र सामाजिक चेतनामा आएको परिवर्तनका आधारमा हामी अगाडि बढ्न सक्नुपर्ने उनको भनाइ थियो ।
“जनताको चाहना र आकाङ्क्षा सरकारसम्म पु¥याउने र सरकारले गरेका कामको जानकारी सर्वसाधारणलाई गराउने जिम्मेवारी सञ्चारमाध्यामको हो”, मन्त्री शर्माले भनिन, “सरकारी सञ्चारमाध्यमले सरकारको गुणगान मात्रै गाउँछन् भन्ने बुझाइ चिर्न जरुरी छ । जनताका आशा, अपेक्षा, गुनासाबारे सरकारलाई जानकारी दिने, जनताका आवाज बुलन्द गर्न सक्नुपर्ने र समाजमा जनचेतना फैलाउन सक्नुपर्छ ।”
सरकारी सञ्चारमाध्यम र त्यसमा पनि छापामाध्यमले दिने सामग्रीमा सुधार गर्न सकिएन भने अहिलेको डिजिटल युगमा प्रतिस्पर्धा गर्न नसकिने उनको भनाइ छ । मन्त्री शर्माले अब सरकारी सञ्चारमाध्यमले विशिष्टिकृत सामग्री उत्पादनमा ध्यान दिनुपर्ने बताइन। कुनै क्षेत्रगतरुपमा नेतृत्व गर्ने गरी समाचार सामग्री दिन सकेमा मात्रै छापामाध्यमले आफ्नो अस्तित्व जोगाउन सक्ने उनको बुझाइ थियो ।
“अहिले नेपाली युवा विभिन्न बाहनामा विदेशिने क्रम बढेको छ । यस्तो अवस्थामा सञ्चारमाध्यमले देशमै बसेर केही गर्न सकिन्छ भनेर सामग्री सम्प्रेषण गर्न आवश्यक छ”, शर्माले भनिन्, “अन्तर्राष्ट्रिय मञ्चमा नेपाल सहभागी हुँदै गर्दा आफ्नो आवाज के हो भनेर उठाउने, असुरक्षित वैदेशिक रोजगारका विषय उठाउनेलगायत विशिष्टीकृत सामग्री आउनसके प्रतिस्पर्धा गर्न सकिन्छ ।”

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  १२ : ५२ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात