५ जेष्ठ २०८३, मंगलबार | May 20, 2026

लोकतन्त्रको सवलीकरणका लागि सवल अर्थतन्त्र आवश्यक



बुटवल । लोकतन्त्रको सफल कार्यान्वयनका लागि देशको अर्थतन्त्रको अवस्था पनि बलियो हुनुपर्ने सरोकारवालाले बताएका छन् । लोकतन्त्रको सवलीकरणका लागि नागरिक आन्दोलनद्वारा बुटवलमा आयोजित नेपालको अर्थ ब्यबस्था बिषयक अन्तरसंवाद कार्यक्रममा सहभागी वक्ताहरुले अर्थतन्त्र संकटमा परेका बेला राज्यले उपयुक्त निति अवलम्बन गर्नुपर्ने कुरामा जोड दिदै संकटको अवस्थामा बैंकहरुले सकारात्मक भुमिका नखेलेको गुनासो गरे ।

उनीहरुले अर्थतन्त्रको सवलीकरण बिना लोकतन्त्र सवलीकरण नहुने विचार राख्दै लोकतन्त्रको सफल कार्यान्वयनका लागि सबैभन्दा पहिले मुलुकको अर्थ ब्यबस्था सुदृढ हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक सत्यन्द्रराज सुबेदीले मुलुकमा सामान्य आर्थिक सुचकहरुमा उतारचढाव आएको भएपनि बाहिर हल्लामा आएको जस्तो अर्थतन्त्र संकटमा पर्ने अवस्थामा नरहेको बताए । बिगतका बर्षहरुमा भन्दा अर्थतन्त्र सुधार उन्मुख रहेको दावी गर्दै निर्देशक सुबेदीले नेपालको अर्थतन्त्रलाई उद्धार गर्नुपर्ने अवस्थामा नपुगेको प्रष्ट पारे ।

कार्यक्रममा लोकतन्त्रको सवलीकरणका लागि नागरिक आन्दोलनका अध्यक्ष गोविन्द खनालले जनस्तरमा देखिएको आर्थिक कठिनाई सहज बनाउन सरकारले तत्काल जनमुखी राहत प्याकेज ल्याउन आग्रह गरे । देशको अर्थतन्त्र सुदृढीकरण गर्न सरोकारवाला सबैले साझा प्रयास गर्नुपर्ने धारणा ब्यक्त गर्दै अध्यक्ष खनालले बैंकिङ्ग सुब्यबस्था कायम गर्दै बैंकिङ्ग सेवाहरु नागरिक मैत्री बनाउनु पर्ने आवश्यक्ता औंल्याए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका उपनिर्देशक जिवन पाण्डे, प्राध्यापक माधव पौडेल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष नवराज श्रेष्ठ लगायतले आर्थिक मन्दीका कारण धरासायी उद्योग ब्यबसायलाई उकास्न सरकारले राहत प्याकेज ल्याउनु पर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा सहभागि बैंकिङ्ग उल्झनमा परेका ऋण पीडितहरुले पछिल्लो समय बैंकको रबैयाका कारण आकुल ब्याकुल जनाताको आर्थिक अवस्थालाई संकटमोचन गर्न तथा चुलिदै गएको जनआक्रोस बिद्रोहमा परिणत भै बिष्फोट हुनु अगावै संबोधन गर्न सरकारले तत्काल कदम चाल्नुुपर्ने बिचार ब्यक्त गरेका थिए ।

 

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ९ : ३२ बजे

रास्वपा प्रथम महाधिवेशन : रास्वपाले तोक्यो नेताहरुको जिम्मेवारी (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्री महाधिवेशनको पूर्व तयारी

एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ : कृषि मन्त्रालय

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन

तेत्तिसौँ प्रधानन्यायाधीश डा. शर्माको आजै नियुक्ति, शपथ र पदबहाली

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलले नेपालको ३३औँ प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौँ । नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री

देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै दायर रिटमा भएन अन्तरिम आदेश

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै