६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

एउटै व्यक्ति बारम्बार उच्च पदमा रहने व्यवस्था परिवर्तन हुनुपर्छ : महामन्त्री शर्मा



बेनी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा नागरिकका अधिकार सुरक्षित हुने भएकाले यसको विकल्प लोकतन्त्र नै हुने बताएका छन् ।

नेपाली कांग्रेस म्याग्दीको आज बेनीमा आयोजित प्रथम सम्मेलनमा महामन्त्री शर्माले विगतको तुलनामा लोकतान्त्रिक व्यवस्थामा नागरिकले धेरै अधिकार पाएकाले विकल्प सोच्न नसकिने बताए ।

“नागरिकका असन्तुष्टि र गुनासालाई सम्बोधन गर्न व्यवस्थाप्रति आकर्षण बढाउने नीति बनाउनुपर्छ । व्यवस्था खराब होइन । नागरिकमा किन वितृष्णा र निराशा बढ्यो भनेर अध्ययन गर्नुपर्छ,” उनले भने, “एकजना व्यक्ति राष्ट्रपति र प्रधानमन्त्री एकपटक, मन्त्री तीनपटक र सांसद चारपटकभन्दा बढी हुन नपाउने नीतिगत व्यवस्था गरेर गणतान्त्रिक व्यवस्थामा सुधार ल्याउन सकिन्छ ।” निर्वाचित जनप्रतिनिधि, सरकारी कर्मचारी तथा राज्यका संयन्त्र नागरिकप्रति जवाफदेही नहुँदा व्यवस्थाको विरोध भएको उनको कथन थियो ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  १० : ३६ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र