५ श्रावण २०८३, मंगलबार | July 22, 2026

एउटै व्यक्ति बारम्बार उच्च पदमा रहने व्यवस्था परिवर्तन हुनुपर्छ : महामन्त्री शर्मा



बेनी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा नागरिकका अधिकार सुरक्षित हुने भएकाले यसको विकल्प लोकतन्त्र नै हुने बताएका छन् ।

नेपाली कांग्रेस म्याग्दीको आज बेनीमा आयोजित प्रथम सम्मेलनमा महामन्त्री शर्माले विगतको तुलनामा लोकतान्त्रिक व्यवस्थामा नागरिकले धेरै अधिकार पाएकाले विकल्प सोच्न नसकिने बताए ।

“नागरिकका असन्तुष्टि र गुनासालाई सम्बोधन गर्न व्यवस्थाप्रति आकर्षण बढाउने नीति बनाउनुपर्छ । व्यवस्था खराब होइन । नागरिकमा किन वितृष्णा र निराशा बढ्यो भनेर अध्ययन गर्नुपर्छ,” उनले भने, “एकजना व्यक्ति राष्ट्रपति र प्रधानमन्त्री एकपटक, मन्त्री तीनपटक र सांसद चारपटकभन्दा बढी हुन नपाउने नीतिगत व्यवस्था गरेर गणतान्त्रिक व्यवस्थामा सुधार ल्याउन सकिन्छ ।” निर्वाचित जनप्रतिनिधि, सरकारी कर्मचारी तथा राज्यका संयन्त्र नागरिकप्रति जवाफदेही नहुँदा व्यवस्थाको विरोध भएको उनको कथन थियो ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  १० : ३६ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं