२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

इजरायली सेना र हिजबुल्लाह समूहबीच गोली हानाहान



तेल अबिब । इजरायल-लेबनान सीमामा फेरि गोलीबारी सुरु भएको छ । हिजबुल्लाह लडाकुहरूले इजरायली सेनाहरू विरुद्ध धेरै आक्रमणहरू गरेपछि इजरायलले पनि जवाफी कारबाही स्वरूप लेबनान सीमामा गोलीबारी सुरू गरेको हो ।

हिजबुल्लाह समूहले सीमा नजिकै उत्तरी इजरायलको किबुट्ज हानिताको किनारमा इजरायली सेनालाई लक्षित गरेको र केही हताहत भएको बताएको छ । यसले इजरायली सैनिकहरूद्वारा सञ्चालित चौकीमा दोस्रो आक्रमणको दावी पनि गरेको छ । इजरायली सेनाले जवाफ दिँदै लेबनानमा हिजबुल्लाह पूर्वाधारमा प्रहार गरेको बताएको छ ।

युद्ध सुरु भएदेखि सीमामा झडपहरू जारी छन्, जसमा झण्डै १०० हिजबुल्लाह लडाकू र कम्तिमा १५ नागरिकको मृत्यु भइसकेको छ । तर हालसम्म, त्यस्ता गोली हानाहान धेरै हदसम्म सीमावर्ती क्षेत्र र सैन्य चौकीहरूमा मात्र सीमित छन् ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ७ : ५४ बजे

Your email address will not be published.

बाख्रापालनले फेरियो डम्बरको जीवन

नेपालगञ्ज । साउदी अरब जाने तयारीमा रहँदा स्वास्थ्य परीक्षणका कारण

“Hello, My Chinese Doctors” Documentary Screened in Kathmandu

Kathmandu: A documentary highlighting Nepal-China cooperation in the healthcare sector,

काठमाडौंमा ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी

काठमाडौं । नेपाल–चीन स्वास्थ्य सहकार्यको कथा समेटिएको ‘नमस्कार, मेरा चिनियाँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५.५ किलो सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५.५ किलोग्राम सेतो हेरोइनसहित एक

एमाले अध्यक्ष ओलीद्वारा छठको शुभकामना

काठमा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले