२३ बैशाख २०८१, आइतबार | May 5, 2024

तिनाउ नदी बुटवल खण्डको प्रकृतिक स्रोतमा ब्रम्हलुट, चिरनिद्रामा उपमहानगर



बुटवल । आम नेपालीमा प्रदेश सरकारको उपादेयता नदेखिएपनि स्थानीय तहले नागरिकलाई पर्याप्त सेवा दिएको विश्वास रहेको छ । स्थानीय तहको सेवाका कारण नागरिकलाई सहज अनुभुति भएको र नागरिकले देख्ने गरि विकास महसुस समेत गर्न पाएको भन्ने पनि दाबी गर्ने गरिन्छ । तर बिगतका वर्षहरुमा कार्यसम्पादन मुल्याँकनमा पटक पटक नेपालमा उत्कृष्ठ बनेको बुटवल उपमहानगरको प्राकृतिक स्रोत संरक्षणको विषयमा भने स्थानीय सरकार रहेको आभास समेत नहुने गरेको पाइएको छ । तहगतरुपमा कार्यपालिका, वडा कार्यालयहरु, सुरक्षा निकाय र जम्बो कर्मचारीको टोली हुँदा पनि उपहानगर क्षेत्र अन्तर्गतमा तिनाउ नदीको ब्रम्हलुट दोहन चलिरहँदा उपमहानगर मस्त निद्रामा निदाएको जस्तो देखिएको छ ।

सम्पूर्ण संरचना हुँदा हुँदै पनि अघिल्लो वर्ष प्रकृतिक श्रोतको वातावरणीय मुल्यांकन समेत नगराई नदीको चोरी निकासीलाई खुल्ला छुट दिएको बुटवल उपमहानगरले चालु आर्थिक वर्षको ६ महिना सकिनै लाग्दा सम्म नदीको निर्माण समाग्री (गिट्टी, बालुवा ) उत्खनन्को ठेक्का लगाएको छैन । चालु आवको ६ महिना पुरा हुँदा वातावरणीय मुल्यांकन गरेपनि उपमहानगरले ठेक्काको सूचना प्रकाशित गरेको छैन । करोडौं आम्दानी हुने प्राकृतिक श्रोतबाट उपमहानगरलाई आउने राजश्व आम्दानी निश्चित पहुँचवाला कर्मचारीको मिलोमतोमा टेवलमुनीबाट लिएर नदी दोहनका ठेकेदारहरुलाई ब्रम्हलुट गर्न छुट दिइएको उपमहानगर स्रोतको दाबी छ ।

स्रोतको दाबी पुष्टी हुनेगरि तिनाउ नदीको मगराघाट नजिकै बुटवल खण्डमा पर्ने नदीमा सम्साँझै नदी दोहनको मेला लाग्ने गरेको छ । उपमहानगरको उच्च अधिकारी निकट ठेकेदारहरुबाट परिचालन गरिएका सयौं श्रमिकहरुले नदीको बीचभागमा खनेर करोडौंको गिट्टी बालुवा निकाल्ने र नदी किनारमा भण्डारण गरि ठुलो परिमाणमा बिक्रि वितरण भइरहँदा पनि उपमहानगरले भने रहश्यमय मौनता देखाइरहेको छ । नदीबाट बालुवा, गिटी र ढुङ्गालगायत निर्माण सामग्री नदी किनारमै सङ्कलन गर्ने र त्यहीँबाट उठाउने गरिएको छ । वातावरणीय प्रभाव मूल्याङ्कनको समेत बेवास्ता गर्दै मनपरी ढङ्गले नदी तथा खोलानालाको दोहनका कारण बस्तीसँगै अन्य प्राकृतिक स्रोत पनि सङ्कटमा पर्ने जोखिम समेत बढ्दै गएको छ । नदीको खुल्ला दोहनका कारण २ वर्ष पहिले उदघाटन भएको मगराघाटको पक्कीपुलको पिलर मुनी ठुला खाडल बनेको स्थानीयले बताएका छन् ।

सामान्यतया पुलभन्दा पाँच सय मिटर टाढा, नदी किनारबाट १५/२० मिटर टाढा र आधा मिटरदेखि एक मिटरसम्म मात्रै गहिरो हुने गरी निर्माण सामग्री उठाउन पाउने मापदण्ड रहेको छ । यसबाहेक इआइएमा तोकेको ठाउँ र परिमाणमा मात्रै सङ्कलन गर्न पाउने व्यवस्था भए पनि यो सामान्य मापदण्डसमेत कतै पालना भएको देखिँदैन । सूचना नै प्रकाशित नगरि चोरी निकासीमा खुल्ला छाडिनुमा जनप्रतिनिधिको समेत अघोषित संरक्षण रहेको स्रोतको दाबी छ ।

अनुगमनको जिम्मा पाएकी उपमहानगर उपप्रमुख साबित्रादेबी अर्यालले भने अनुगमन गर्ने गरिएको र कैफियत भेटिएको अवस्थामा जफत गर्ने देखि जरिवाना लिने गरिएको दाबी गर्छिन् । ‘अनुगमनमा जाँदा त्यस्तो देखिएको थिएन, तपाईले भन्नु भयो अव पुनः अनुगमन हुन्छ ।’ उनले भनिन् ।

नदीमा एकै ठाउँमा नहरजस्तो खाल्डो बनाएर ग्राभेल निकालिएको छ । निकलिएको ग्राभल, गिट्टी, बालुवा नदी किनार मै भण्डारण गरिएको छ र हरेक दिन ट्याक्टर, अटो र राती टिप्पर समेतमा लोड गरेर बेचबिखन हुने गरेको छ । यसरी नदीको खुल्ला दोहन हुँदा पनि उपमहानगरको राजश्व प्रमुख डोलराज पौडेल भने नदी किनारमा बस्ने निम्न आय भएका सर्वसाधारणले बोरामा सानो परिणाममा गिट्टी बालुवा निकालेको सूचना आएको बताउँछन् ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १० : १९ बजे

सन्दीपको मुद्धा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ

भारतसँग जोडिएका सिरहाका सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई

१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयप्रति भारत असन्तुष्ट

काठमाडौं। सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा

मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर

पाँचथर । सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका-७