२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

बुटवल उपमहानगरपालिकामा नेपालमै पहिलो मातृभाषामा नागरिक बडापत्र



बुटवल । बुटवल उपमहानगरपालिकाले नेपालमै पहिलो पटक फरक फरक भाषा बोल्ने बुटवलबासीलाई अपनत्व प्रदान गर्ने गरि भाषागत बडापत्र जारी गरेको छ । उपमहानगरमा बसोबास गर्ने भाषागत जातीको संख्यात्मक अनुपातलाई गणना गर्दै पहिलो चरणमा ४ वटा भाषामा बडापत्र जारी गरेको हो ।

बुटवलमा बसोबास गर्ने जनसंख्यामा भाषागत दृष्टिकोणबाट सबैभन्दा बढी नेपाली(खसभाषा), दोस्रो स्थानमा थारु भाषा, तेस्रो स्थानमा मगर भाषा र चौंथो स्थानमा नेवारी भाषा बोल्ने जनसंख्या रहेको तथ्यांकका आधारमा पहिलो चरणमा तीनै ४ भाषामा बडापत्र जारी गरिएको बुटवल उपमहानगरले जनाएको छ ।

उपमहानगरको तथ्यांक अनुसार उपमहानगरपालिकामा रहेका कुल १ लाख ५६ हजार ५७६ जनसंख्या मध्ये सबैभन्दा बढी १ लाख ४० हजार १६ जना अर्थात ८९.४२ प्रतिशतले नेपालीभाषा, ५ हजार ६ सय ६० जना अर्थात ३.६१ प्रतिशतले थारू भाषा, ४ हजार ८ सय ८८ जना अर्थात ३.१२ प्रतिशतले मगरभाषा र १ हजार ९सय ७३ जना अर्थात १.२६ प्रतिशतले नेवारी भाषा बोल्ने गरेको उपमहानगरको तथ्यांकमा उल्लेख छ । बुटवल उपमहानगरपालिकाको कुल जनसंख्याको ४५.७५प्रतिशत (७१,६२७जना) जनसंख्या आदिवासी (मगर, नेवार, थारू, गुरूङ) आदि रहेका छन् ।

उपमहानगरको भाषागत बडापत्रले संकटमा पर्न थालेका मातृभाषालाई टेवा पुग्ने बुटवलमा नेवाः अगुवा तथा नेवाः सेवा समिति बुटवलका अध्यक्ष चिरन्जिवी श्रेष्ठ बताउँछन् । लोपहुने अवस्थामा पुगेको नेवारी भाषालाई बडापत्रले उत्प्रेरणा दिएको उल्लेख गर्दै श्रेष्ठले भाषा बिर्सने अवस्थामा पुगेका युवा पुष्ताले भाषा सिक्ने चाहनाको अभिबृद्दी गर्ने विश्वास व्यक्त गरे । “नयाँ पुष्ताले नेवारी बुझ्नै नसक्ने अवस्था आएको थियो,” उनले भने, “उपमहानगरको कदमले भाषा संरक्षण र सम्बद्र्धनमा पनि योगदान हुन्छ ।”

उपमहानगरले ठुलो महत्व राख्ने भाषागत बडापत्र राखेपनि सम्बन्धित भाषाको लिपी अनुसार प्रकाशन नगरेकोमा भने आफुलाई दुःख लागेको श्रेष्ठले बताए । बडापत्रले भाषासँगै लिपीको विषयमा पनि समुदायमा उत्प्रेरणा मिल्ने भन्दै उनले नेवारहरुको रञ्जना लिपी र मगरको आक्खा लिपीमा बडा पत्र पुनः प्रकाशन गर्न आग्रह गरे ।

बुटवल उपमहानगरको भाषागत बडापत्रले नेवार समुदायको मात्र नभएर सबै नेपालीको गौरव बढाएको बुटवलका अर्का नेवाः अगुवा तथा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष जीवन ओझाले बताए । उनले नगर प्रमुख पाण्डेयले आफ्नो प्रतिबद्धता अनुसार भाषागत बडापत्र जारी गरेको भन्दै नगर प्रमुखलाई धन्यवाद ज्ञापन गरे ।

उपमहानगरको बडापत्रले मगर भाषीहरुमा खुसी छाएको मगर संघ रुपन्देहीका पूर्व अध्यक्ष क्याप्टेन किसन बहादुर थापा बताउँछन् । उनले उपमहानगरको बडापत्रमा मगर भाषा उल्लेख गर्दा आम नागरिकमा बुटवलमा मगर समुदायको बाहुल्यता रहेको जानकारी हुने उल्लेख गर्दै मागर भाषा बुझ्नेहरुका लागि त अझै सहज सेवा लिने सकिने वातावरण बनेको बताए । मगर भाषा नजान्नेहरुका लागि पनि मगर भाषाको बडापत्रले भाषा सिक्न उत्प्रेरणा मिलेको उनको भनाई छ । क्याप्टेन थापाले बुटवल उपमहानगरमा ४ हजारको संख्यामा मगर जनसंख्या रहेको तथ्यांक रहेपनि बुटवलका १९ वटा वडामा २२ हजार बढी मगर जनसंख्या रहेको दाबी गरे । बसाई सराई नल्याएका र बैज्ञानीक जनगणना नभएकाले सरकारी तथ्यांकमा संख्या कम देखिएको उनको भनाई छ ।

मगर समुदायकी अगुवा एवं मगर संघ बुटवल उपमहानगर समितिकी अध्यक्ष बसन्ती साठीघरे मगरे बुटवल उपमहानगरको भाषागत बडापत्र मगर समुदायका लागि गर्वको विषय भएको बताइन् । उनले प्रत्यक वडामा पनि मगर भाषाको बडापत्र राख्नुपर्ने उल्लेख गर्दै मगर भाषाको बडापत्रले मगर समुदायमा मातृ भाषा सिक्नुपर्छ भन्ने धारणाको विकास भएको बताइन् । “मगर भाषा नभएपनि कामकाज चल्छ भन्ने सोँच भएका मगर समुदायलाई उपमहानगरको मगर बडापत्रले झकझकाएको छ ।” उनले भनिन् ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले पनि बुटवलमा बसोबास गर्ने जनसंख्या भन्दा उपमहानगरमा रहेको जनसंख्याको तथ्यांकमा कम देखिएको बताउँछन् । बुटवलमा ६ लाख जनसंख्याको बसोबास रहेपनि उपमहानगरको तथ्यांकमा १ लाख ९५ हजारमात्र रहेको नगर प्रमुख पाण्डेयले बताए । यस्तो हुनुमा बुटवलमा बसेपनि पुरानै स्थानको नागरिकता कायम हुनु र बसाई सराई नल्याउनु मुख्य कारण रहेको उनको भनाई छ ।

उपमहानगरमा बस्ने बिभिन्न भाषा बोल्ने नागरिकहरुलाई अपनत्व प्रदान गर्न र बुटवलकै बासिन्दा बनेकोमा गर्व गर्ने वतावरण सृजना गर्न भाषागत बडापत्र जारी गरिएको नगर प्रमुख पाण्डेयले बताए । “यो सुरुवात हो, सबै भाषा बोल्ने नागरिकले उपमहानगरबाट अपनत्व पाउने वातावरण बनाइन्छ ।” उनले भने । मातृभाषामा बडापत्र जारी भएको नेपाल मै पहिलो प्रयास भएको उनले दाबी गरे ।

संविधानको धारा ३२ मा भाषा तथा संस्कृतिको हकलाई मौलिक हकको रूपमा स्थापित गरेको र धारा ३१ को शिक्षासम्बन्धी हकको उपधारा ५ बमोजिम “नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र संचालन गर्ने हक हुनेछ ।” भनी स्पष्ट किटान गरेको छ ।

विद्यमान संरचना, सिमित स्रोत र संयन्त्रका आधारमा पनि नागरिकमा आशा जगाउने कामको सुरुआत उपमहानगरले गरेको छ । स्थानीय नेतृत्वको अभिभारा पूरा गर्न प्रतिवद्ध रहेको कुरालाई उप-महानगरपालिकाले पूरा गरेको बताउदै बुटवल उपमहानगरपालिकाले पछिल्लो समय जनतामा उत्पन्न निराशाबीच उपमहानगरले आशाको सञ्चार गरेको नगर प्रमुख पाण्डेयले बताए ।

नागरिक बडापत्रमा रहेका उल्लेख भएका कुराहरू लागुगर्ने र प्रभावकारी रूपमा कार्यान्वयन गर्नसकेमात्र पूर्ण रूपमा सुशासन भएको नागरिकले महसुस गर्ने उनले बताए ।

 

 

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  १२ : ४७ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको