२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

सञ्चार माध्यम बन्द हुँदा धमाधम पत्रकारहरु पेशाबाट पलायन हुँदै



बेनी । दश वर्षभन्दा बढी समय बेनीमा रेडियो, पत्रिका र अनलाइनमा काम गरेका पदम विश्वकर्मा गत भदौमा अस्टे«लिया गए । बेनीका अर्का पत्रकार धीरनबहादुर खत्री पनि एकदशक लामो पत्रकारितालाई बिट मारेर वैदेशिक रोजगारीका लागि यसै हप्ता युएई जाने तयारीमा छन् । विश्वकर्मा र खत्री पेसा छाडेर वैदेशिक रोजगारीमा जाने म्याग्दीका पत्रकार तथा सञ्चारकर्मीका उदाहरण हुन् ।

पत्रकार महासङ्घ जिल्ला शाखाअन्तरगत तीन वर्षअघि ६२ साधारण सदस्य रहेका थिए । पत्रकार महासङ्घको शुुद्धिकरण अभियानपछि जिल्लामा साधारण सदस्य १२ र अन्य गरेर १५ जनाको हाहाहारीमा पत्रकार तथा सञ्चारकर्मी रहेका छन् । महिला पत्रकारको सङ्ख्या न्यून छ । पत्रकारिता छाडेर व्यापार, व्यवसाय, शिक्षण, वैदेशिक रोजगार र गैरसरकारी संस्थामा जागिर गर्न थालेका छन् ।

पत्रकार महासङ्घका जिल्ला अध्यक्ष प्रकाश पौडेल सञ्चार माध्यम बन्द हुुने र पत्रकार पलायन हुुने दुुःखद अवस्था आएकोमा चिन्ता व्यक्त गर्छन् । “सञ्चार माध्यम रहे पत्रकार हुुने हो, सञ्चारगृह धमाधम बन्द हुुन थालेका छन्”, उनले भने, “निगरानी र खबरदारी गर्ने भूमिकामा रहेका पत्रकार पलायन हुुँदा समाजमा अनियमितता, विकृति, बेथिति, विसङ्गतिले प्रशय पाउने जोखिम छ ।”

पछिल्लो दुई वर्षयता बेनीबाट सञ्चालन हुँदै आएको रेडियो म्याग्दी, म्याग्दी प्रेस दैनिक, म्याग्दी सञ्चार साप्ताहिकले प्रशारण तथा प्रकाशन बन्द गरेका छन् । सम्वृद्ध र मालिका प्रेस साप्ताहिक नियमित प्रकाशन तथा वितरण हुुनसकेका छैनन् । रुप्से सञ्चार सहकारी संस्थाद्वारा प्रकाशन हुँदै आएको रुप्से दैनिक पत्रिका सहकारीले चलाउन नसकेपछि पत्रकार प्रताप बानियाँलाई जिम्मा लगाएको सो सहकारीका कोषाध्यक्षसमेत रहेका पौडेलले बताए । केही वर्ष पहिले २० जनाभन्दा बढी जनशक्ति रहेको बेनीको म्याग्दी काली एफएममा हाल चार जना मात्र कार्यरत छन् ।

तथ्य, तथ्याङ, अध्ययन, अनुुसन्धान गरेर समाचार तयार पार्ने, समाजलाई सुसूचित गराउने पत्रकार नहुँदा समाजमा वास्तविक सूचना प्रवाह हुन नसक्ने जोखिम रहेको अग्रज पत्रकार घनश्याम खड्काले बताए ।

“काठमाडौँ, पोखराबाट सञ्चालन हुने सञ्चार माध्यमले जनशक्ति कटौती गरेका छन्”, उनले भने, “स्रोतको अभावमा जिल्लास्तरका सञ्चार माध्यम पनि बन्द हुने अवस्थामा पुुगेका हुुन् ।” युुएई जान लागेका पत्रकार खत्रीले पत्रकारिता पेसाबाट धेरै ज्ञान, सीप र अनुभव हासिल गरे पनि यहाँको आम्दानीले भविष्यमा परिवार चलाउन चुनौती हुने देखिँदा केही वर्षका लागि विदेशीन लागेको बताए ।

म्याग्दीका सञ्चार माध्यम सञ्चालक आवद्ध म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्रीले सञ्चार माध्यम र पत्रकार टिकाउने अहिलेको पेसागत मुद्दा रहेको बताए । “एकै प्रकृतिका सञ्चार माध्यमको एकीकरण र स्थानीय स्रोत साधनको परिचालन गर्नुपर्ने देखिएको छ”, उनले भने, “समाजलाई पनि पत्रकारिताको महत्व र आवश्यकता बुझाउनुपर्ने भएको छ ।”

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  २ : ०९ बजे

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त

एसईई दिएर फर्किँदै गर्दा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

महोत्तरी । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक

पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल र करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा