४ चैत्र २०८२, बुधबार | March 18, 2026

क्रिसमसको पूर्वसन्ध्यामा भालुवाङमा धार्मिक सदभाव भेला



दाङ । लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा अन्तर धार्मिक सद्भाव भेला सम्पन्न भएको छ । अन्तर धार्मिक सद्भाव महासँघ नेपालको आयोजनामा भएको भेलामा उपस्थित सबै धार्मिक समुदायका नेताहरुले धार्मिक स्वतन्त्रता, समानता, सद्भाव र शान्ति विषयमा महत्वपूर्ण छलफल चलाएको छन् ।

आगामी क्रिसमस् डेको पूर्व सन्ध्यामा सद्भाव र शान्तिको लागि नेपाल ख्रिष्टियन समाजको संयोजनमा कार्यक्रम आयोजना गरिएको हो ।

भेलामा बोल्दै लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले नेपाल सबै धार्मिक समुदायको साझा भूमि भएको बताए । उनले नेपालका धार्मिक समुदायहरु सार्वभौम रहेको उल्लेख गर्दै सबै धार्मिक समुदायलाई आस्था राख्न छुट रहेको उल्लेख गरे । ‘हजुरहरु ढुक्क भएर शान्ति र सद्भावलाई केन्द्रमा राखेर आफ्नो आस्था प्रकट गर्नुस् सरकारको शुभकामना छ ।’ उनले भने ।

सो अवसरमा मन्त्री मास्कीलाई नेपाल ख्रिष्टियन समाजको तर्फबाट ज्ञापन पत्र बुझाइएको थियो ।

अन्तरधार्मिक महासङ्घका प्रमुख सल्लाहकार नेत्रप्रसाद पन्थीले धर्म निरपेक्ष भनेको परम्परादेखि चलिआएका सबै सनातन धर्ममा आस्था राख्न र मान्न पाउने स्वतन्त्रता भएको बताए । उनले नेपालको संविधानले धार्मिक स्वतन्त्रता प्रदान गरेको उल्लेख गर्दै सबै धार्मिक समुदायहरु बीच सद्भाव कायम राख्न अन्तर धार्मिक सद्भाव महासङ्घ नेपाललाई शुभकामना दिए ।

त्यसै गरी अन्तरधार्मिक सद्भाव महासङ्घका केन्द्रीय अध्यक्ष नजिर मियाले क्रिशमस डेको शुभकामना व्यक्त गर्दै सबै धार्मिक समुदायले आआफ्नो धार्मिक आस्था राख्न पूर्ण छुट रहेको बताए । उनले कुनै पनि धर्मले समाजमा जबर्जस्ती धर्म परिवर्तन गर्न गराउन नपाइने भन्दै अन्तरधार्मिक सद्भावलाई मजबुत बनाएर राष्ट्रिय एकतालाई बलियो बनाउन आह्वान गरे ।

कार्यक्रममा प्रदेश सभासद तिलकुमारी बुढाले सबै धार्मिक समुदायलाई मूलधारमा हिंडाउन अन्तर धार्मिक सद्भाव महासङ्घ गठन भएकोमा खुसी व्यक्त गरिन् ।

कार्यक्रममा हिन्दु धर्मका नेता शोभाकर पौडेल, बुद्धधर्मका नेता यमबहादुर थापा, मुस्लिम धर्मका नेता मौलाना अब्बास, ख्रिष्टियन समाजका नेता हेमदाशले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ९ : २१ बजे

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। आगामी

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन रास्वपा सांसदहरूलाई रविको निर्देशन

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगन्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण