२० मंसिर २०८२, शनिबार | December 6, 2025

गाडीको ठक्करबाट मृत्यु भएका प्रहरी जवानको परिवारलाई सहकर्मी प्रहरीहरुले गरे आर्थिक सहयोग



नेपालगन्ज । बाँकेको मदनचोकमा गाडीको ठक्करबाट मृत्यु भएका प्रहरी जवानको परिवारलाई बाँकेका प्रहरीहरुले आर्थिक संकलन गरि सहयोग गरेका छन् । गत मंसिर २८ गते पूर्व पश्चिम राजमार्गको बाँके खण्डको मदनचोकमा गाडीको ठक्करबाट ड्युटीमा रहेका प्रहरी जवान बिशाल वलीको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँके र त्यस मातहतका कार्यालयमा कार्यरत प्रहरी अधिकृत, हवल्दार तथा जवानहरुले आर्थिक संकलन गरि जम्मा भएको रकम मृतक वलीको परिवारलाई हस्तान्तरण गरिएको बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले बताए । प्रहरीको सबै दर्जाबाट स्वस्फुर्त प्रदान गरिएको २ लाख ५७ हजार ९ सय ८८ रुपैयाँ रकम प्रहरी प्रवक्ता डाँगी र इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारी मृतक वलीको रुकुम पश्चिम मुसिकोट नगर पालिका १३, छिवाङ् पुगेर हस्तान्तरण गरिएको डाँगीले बताए ।

प्रवक्ता डाँगीका अनुसार मृतकको घर पुगेर डीएसपी द्वय सहितको टोलीले मृतक प्रति श्रद्धान्जली अर्पण गर्नुका साथै मृतकको परिवार प्रति समवेदना प्रकट गरेको थियो ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  १२ : ३५ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय