२२ भदौ २०८३, सोमबार | September 8, 2026

गाडीको ठक्करबाट मृत्यु भएका प्रहरी जवानको परिवारलाई सहकर्मी प्रहरीहरुले गरे आर्थिक सहयोग



नेपालगन्ज । बाँकेको मदनचोकमा गाडीको ठक्करबाट मृत्यु भएका प्रहरी जवानको परिवारलाई बाँकेका प्रहरीहरुले आर्थिक संकलन गरि सहयोग गरेका छन् । गत मंसिर २८ गते पूर्व पश्चिम राजमार्गको बाँके खण्डको मदनचोकमा गाडीको ठक्करबाट ड्युटीमा रहेका प्रहरी जवान बिशाल वलीको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँके र त्यस मातहतका कार्यालयमा कार्यरत प्रहरी अधिकृत, हवल्दार तथा जवानहरुले आर्थिक संकलन गरि जम्मा भएको रकम मृतक वलीको परिवारलाई हस्तान्तरण गरिएको बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले बताए । प्रहरीको सबै दर्जाबाट स्वस्फुर्त प्रदान गरिएको २ लाख ५७ हजार ९ सय ८८ रुपैयाँ रकम प्रहरी प्रवक्ता डाँगी र इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारी मृतक वलीको रुकुम पश्चिम मुसिकोट नगर पालिका १३, छिवाङ् पुगेर हस्तान्तरण गरिएको डाँगीले बताए ।

प्रवक्ता डाँगीका अनुसार मृतकको घर पुगेर डीएसपी द्वय सहितको टोलीले मृतक प्रति श्रद्धान्जली अर्पण गर्नुका साथै मृतकको परिवार प्रति समवेदना प्रकट गरेको थियो ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  १२ : ३५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार