१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

फेरी बोले मन्त्री किराँती : ‘अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो’



काठमाडौं । धर्म सम्बन्धि धरणका कारण चर्चामा रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु भएको बताएका छन् । । सामाजिक सञ्जालमा आफ्नो धारण सार्वजनिक गर्दै मन्त्री किराँतीले अहिले आफु सबैको अभिभावक भएकाले सबै अस्तित्वको सम्मान गर्ने बताएका हुन् ।

उनले आफ्नो धारणालाई लिएर भएको बहशको लागि सबैलाई धन्यवाद समेत दिएका छन् । संविधानलाई पालना गर्दै भातृत्व र सहिष्‍णुता कायम गर्न आव्हान गर्दै उनले अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गर्ने तर्फ आफ्नो जोड रहेको स्पष्ट पारेका छन् । ‘भन्‍नलाई त मलाईः पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्‍ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने,क्रिष्‍टियनको कार्यक्रममा जाँदा क्रिष्‍टियन भने,’ उनी लेख्छन्, ‘फेरिपनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौ ।’

उनको भनाईलाई लिएर सर्वत्र चर्चा भइरहेका बेला किराँतीले आफ्नो धारण सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  १ : ०५ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको